इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीवार बिहान घोषणा गरेअनुसार इजरायली सुरक्षाफौजले गाजाबाट दुई इजरायली-अमेरिकी नागरिकका शव फिर्ता ल्याएको छ। ती दुबैलाई हमासले अपहरण गरी बन्धक बनाएको थियो।
७० वर्षीया जुडी वेनस्टाइन-हागी र ७२ वर्षीया गाडी हागी किबुत्ज निर ओजका बासिन्दा थिए, जुन गाजा सीमावर्ती क्षेत्रमा पर्छ। उनीहरू दुबै इजरायली-अमेरिकी नागरिक थिए । तर जुडीसँग क्यानाडाली नागरिकता पनि थियो।
इजरायली सेनाले शिन बेट (गुप्तचर संस्था) सँग मिलेर दक्षिणी गाजाको खान युनिस क्षेत्रमा विशेष कारवाही चलाई ती शवहरू बरामद गरेको हो। नेतन्याहूका अनुसार हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणकै क्रममा उनीहरूको हत्या गरिएको थियो । र ,शवहरू त्यसपछि अपहरण गरिएको थियो।
यसअघि नै आइडिएफले उनीहरूलाई कताइब अल मुजाहिदिन नामक आतंककारी समूहले त्यही दिन हत्या गरेको पुष्टि गरिसकेको थियो । जसले इजरायली बन्धक शिरी बिबास र उनका दुई साना छोराहरूको पनि हत्या गरेको थियो।
नेतन्याहूले भने, “हामी तबसम्म विश्राम लिने छैनौं, न त मौन बस्नेछौं, जबसम्म जीवित र मृत सबै बन्धकहरूलाई घर फर्काइँदैन।”
प्रधानमन्त्रीको कार्यालयका अनुसार अहिले पनि गाजामा ५६ जना बन्धक छन्, जसमध्ये २० जनामात्र जीवित रहेको विश्वास गरिन्छ। बाँकी ३६ जनामध्ये दुई अमेरिकी इताय चेन र ओमर न्युट्रा पनि मृत मानिएका छन्।
प्रतिक्रिया