अमेरिकाको इलोनोइस राज्यको बिश्व प्रख्यात शहर शिकागोको दक्षिण क्षेत्रमा बुधबार अमेरिका अध्यागमन र सीमा सुरक्षका गुप्तचहरूले केही आप्रवासीहरूलाई पक्राउ गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ ।
यस कार्यक्रम अन्तर्गत आप्रवासीहरूलाई नियमित रूपमा बोलाएर अदालतमा उपस्थित हुने र कानुनी प्रक्रिया पालना गरिरहेका छन् कि छैनन् भनेर निगरानी गरिन्छ। तर यसपटक आइसिइका गुप्तचरहरू नखुलाइ आएको र अप्रत्याशित रूपमा केही व्यक्तिलाई पक्रिएको भन्दै स्थानीय समुदाय आक्रोशित भयो।
कयौं व्यक्तिहरूलाई नियमित जाँचको बहानामा बोलाएर हतकडी लगाएर गाडीमा हालिएको बताइएको छ। केही गुप्तचरहरूले भीड तितरबितर पार्न प्रयोग गरिने गैर-घातक हतियार पनि बोकेको देखिएको थियो।
समुदायका सदस्यहरूले घटनालाई जेस्टापो शैलीको अपहरण भन्दै निन्दा गरेका छन् । शहरका केही वडाध्यक्षहरू घटनास्थलमै पुगे र आईसिइको कार्यशैलीको आलोचना गरे।
एक ग्वाटेमालाबाट आएकी महिला आफ्नो वकिलको साथ उपस्थित भएर पनि पक्राउ परिन्। वकिलले भने, “उनी कानुन पालना गर्दै थिइन्, तर अझै पक्राउ गरियो – म वकिल भएर पनि उनलाई कहाँ लगियो थाहा छैन।”
यसबीच गृहमन्त्री क्रिस्टी नोएमले प्रवेशाज्ञा (भिसा )अवधि नाघेर बसेका आप्रवासीहरूमाथि कारबाही तीव्र पार्न निर्देशन दिएकी छन्, जुन बोल्डर, कोलोराडोमा यहूदीमाथि भएको आक्रमणपछि आएको प्रतिक्रिया हो।
प्रतिक्रिया