ओशो तपोवन, नागार्जुन — स्वामी आनन्द अरुण
शान्त, दिव्य र अध्यात्मले भरिएको भूटानको पवित्र भूमि। आगमनको पहिलो २४ घण्टामै, स्वामी आनन्द अरुण र ओशो तपोवनका प्रतिनिधिमण्डलले पाएका अनुभवहरू सामान्य थिएनन्—यी त आत्मालाई झस्काउने, नम्रता र प्रेमले भरिएका दिव्य क्षणहरू थिए।
यो अद्वितीय यात्रा शिखरमा पुग्यो, जब राजपरिवारको मातातुल्य शाही स्वरूप, वैरोचन रिन्पोछेलेका माता, र स्वयं रिन्पोछेले भेटको निम्तो पठाउनु भयो । यो भेट साधारण थिएन—यो उहाँको निजी मन्दिरभित्र आयोजित थियो, जहाँ बाहिरी आगन्तुकको प्रवेश दुर्लभ हुन्छ।
यस पवित्र भेटघाटको समन्वय प्रसिद्ध बौद्धविद् र ‘ग्रोस नेशनल हैप्पिनेस’ अवधारणाका प्रमुख शिल्पी डाशो कर्मा उराले गर्नु भयो । मन्दिर प्रवेशसँगै रिन्पोछेले स्वामीजीलाई बुद्धको सामु तीनवटा घिउका दियो बाल्न आग्रह गर्नु भयो —साँच्चिकै आध्यात्मिक अर्थ बोकेको कर्म।
रिन्पोछेलेले स्वामीजीलाई सँगै बस्न आग्रह गर्दा उहाँलाई अतिथिको हैसियतमा होइन, समकक्ष आत्माको रूपमा सम्मान गरिएको अनुभूति भयो।
राजमाताले सुरुमा वैरोचन रिनपोछेको बाल्यकाल सुनाउनु भयो —चार वर्षको उमेरमै उनले विगतको जीवन सम्झिन थालेका थिए, नपढेका भाषामा शास्त्र वाचन गर्न थालेका थिए।
उमेरले बालक भए पनि रिन्पोछेले मा एक प्राचीन आत्माको प्रकाश थियो—उनको उपस्थिति नै ध्यान, शान्ति र आत्मज्ञानको जिउँदो साक्षीजस्तो लाग्थ्यो।
स्वामीजीले ओशो र बुद्धबीचको सम्बन्धको गहिरो अनुभूति सुनाउनु भयो । तपोवनको भूमि—जहाँ आचार्य नागार्जुनले ज्ञान प्राप्त गर्नु भएको थियो , र लुम्बिनी आश्रमको विशाल संगमरमरको बुद्धमूर्तिको कथा समेत प्रस्तुत गर्नु भयो ।
गहन संवादबीच, रिन्पोछेले विनम्रताका साथ प्रश्न गर्नु भयो “स्वामीजी, म सधैं महान गुरुहरूलाई सोध्छु—म कसरी अझ राम्रो शिक्षण गर्न सक्छु?”
स्वामीजीले शान्त मुस्कानसहित उत्तर दिनुभयो, “ओशोका प्रज्ञापारमिता हृदय सूत्र ‘ र ‘वज्रच्छेदिकाप्रज्ञापारमिता सूत्र ‘का भाष्यहरू पढ्नु । तपाईलाई सपनामा मार्गदर्शन गर्नेछन्—ओशो र बुद्ध, दुबैले !
त्यसपछि, रिन्पोछेले सिधै भन्नुभयो,“हामी पहिले भेटेका छौं। हामी दुवै बुद्धका शिष्य थियौं।”
यो वाक्यसँगै कक्षको ऊर्जा परिवर्तन भयो। स्वामीजी उठ्नुभयो, रिन्पोछेको हात समात्नुभयो, निधार टाँस्नुभयो, र भावविभोर हुँदै आँशु खसाल्नुभयो। मौनता छायो र उपस्थित सबैको आँखा रसाए।
पारम्परिक भुटानी बटर टी (चिया )र मिठा परिकारले पवित्रताको स्वादमा आत्मीयता थप्यो। तस्बिर खिच्न सुरुमा निषेध भए पनि, अपवादस्वरूप रिन्पोछेका लागि कुर्सी ल्याइयो र स्वामीजीलाई सँगै बस्न अनुरोध गरियो—राजपरिवार उभिएर उपस्थित रहे।
स्वामीजीले ओशोका ग्रन्थ, पवित्र तस्बिर र शिक्षाहरू उपहार दिनु भयो — रिन्पोछेलले प्रेमपूर्वक स्वीकृत गर्नु भयो ।
अन्त्यमा स्वामीजीले रिन्पोछेलेलाई ओशो तपोवन भ्रमणको निम्तो दिनु भयो —जहाँ आचार्य नागार्जुनले ज्ञान प्राप्त गरेको भनिएको बोधिवृक्ष अझै संरक्षणमा छ।
रिनपोछेको जवाफ थियो “म पक्कै आउँछु।” यो कुनै राजकीय शिष्टाचार थिएन। यो आत्माको आत्मासँग मिलन थियो—समय, शरीर र सीमाभन्दा पर।
बोधिसत्व स्वामी आनन्द अरुण
ओशो तपोवन, नेपाल
प्रतिक्रिया