जेलेन्स्कीको चेतावनी: यदि रूसले आक्रमण नरोके, युक्रेनको मानव रहित यान (ड्रोन) हमला जारी रहनेछ

इनेप्लिज २०८२ जेठ २१ गते १०:४४ मा प्रकाशित

अमेरिकी मध्यस्थतामा इस्तानबुलमा सम्पन्न शान्ति वार्तापछि युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले स्पष्ट रूपमा चेतावनी दिएका छन्— “यदि रूसले आफ्नो आक्रमण नरोकेको खण्डमा युक्रेनका आक्रमणहरू निरन्तर जारी रहनेछन्।”

सोमबार इस्तानबुलमा युक्रेन र रूसबीच अमेरिकी पहलमा पुनः वार्ता भएको थियो। त्यसको अघिल्लो दिन युक्रेनले रूसको रणनीतिक बमवर्षक विमानस्थलहरूमा भीषण सर्वाधिक ठूलो आश्चर्यजनक मानव रहित यान (ड्रोन) हमला गरेको थियो, जसलाई जेलेन्स्कीले रणनीतिक सफलता भनेका छन्।

एबिसीन्यूजकी पत्रकार मार्था राडाट्जसँग कुरा गर्दै उनले भने, “रूस रुष्ट भयो कि भएन, त्यसले हामीलाई फरक पार्दैन। किनकि रूसले वार्ताको अघिल्लो रात ४८० मानव रहित यान (ड्रोन)मार्फत युक्रेनमाथि हमला गर्‍यो।”

“यस्ता आक्रमण दैनिक भइरहेका छन्,” जेलेन्स्कीले भने । उनले अगाडी भने , “हाम्रो मानव रहित यान (ड्रोन) अभियानले रूसको क्षमतामा कटौती गरिरहेको छ, र यसले यो देखाउँछ कि युक्रेन ठोस रणनीतिक कदम चालिरहेको छ।”

राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकाको सन्दर्भमा उनले भने, “हामी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट कडा प्रतिबन्ध र युद्ध अन्त्यका लागि शक्तिशाली कदमको अपेक्षा गरेका छौं। कमसेकम युद्धविरामको पहिलो चरणतर्फ अघि बढ्न दबाब आवश्यक छ।”

सो वार्ताबाट तत्काल शान्ति सम्झौता वा युद्धविरामको टुंगो नलागे पनि, दुबै पक्ष गम्भीर रूपमा घाइते र बिरामी युद्धबन्दीहरू साटासाट गर्ने तथा हजारौ मृत सैनिकहरूको शव फिर्ता गर्ने कुरामा सहमत भएका छन्।

इस्तानबुलमा भएको वार्ता केवल १ घण्टा मै सकियो थियो । युक्रेनले स्थायी शान्तिको लागि रुसको कुनै चासो नभएको रुसलाई आरोप लगाएको छ । रुसले लगेका युक्रेनी बच्चाहरु फिर्ता गर्नु पर्ने जोडदार माग गरेको तर रुसी प्रतिनिधि मण्डलले युद्धमा बालबालिकालाई धकेल्न नहुने तर्क पेश गरेको छ ।

प्रतिक्रिया