एफबीआई र अमेरिकी सेनाको आपराधिक अनुसन्धान विभागले वासिङ्टन राज्यको लेसी शहरस्थित एक घरमा छापा मार्दा स्वचालित बन्दुक ,मार हान्ने उपकरण लन्चर, बुलेटप्रूफ आर्मर (हतियार प्रतिरोधी पोशाक/सामग्री ) तथा नाजी चिन्हयुक्त सामग्रीहरू फेला पारेका छन्।
थर्स्टन काउन्टीका निर्वाचित शेरिफ डेरेक स्यान्डर्सले सोमबार सामाजिक संजाल (फेसबुक)मार्फत जानकारी दिँदै भने, “एफबीआईको विशेष रणकौशलयुक्त टोलीले हिंसात्मक डकैती र सैन्य हतियार चोरीको अनुसन्धानका क्रममा सो घरमा छापा मारेको हो।”
एफबीआईको यो कारवाही आक्रमण र सैन्य सामग्री चोरी घटनासँग सम्बन्धित छ। घटनास्थल वासिङ्टन राज्यको राजधानी ओलम्पियाको नजिक पर्छ।
छापाको क्रममा दुई व्यक्तिलाई पक्राउ गरी *थर्स्टन काउन्टी कारागारमा राखिएको छ। उनीहरूमाथि हातहतियारसम्बन्धी गम्भीर आपराधिक अनुसन्धानअघि बढाइएको एपीले जनाएको छ ।
शेरिफ स्यान्डर्सले लेखेका छन्, “पक्राउ परेका दुबै जना नाजी श्वेत सर्वोच्चतावादी गतिविधिमा संलग्न थिए। एफबीआईले यसबारेमा औपचारिक टिप्पणी नगरे पनि उसले “थर्स्टन काउन्टी शेरिफ कार्यालय र सेनाको अनुसन्धान विभागलाई सहयोग गरिरहेको” पुष्टि गरेको छ।
यो घटनाले अमेरिका भित्र सैन्य हतियारको चोरी र चरमपन्थी गुटहरूको खतरा प्रति गम्भीर चिन्ता जन्माएको छ।
प्रतिक्रिया