रूससँगको शान्ति वार्ता अवरुद्ध: युक्रेनको आह्वान — ट्रम्पले अब कडा अमेरिकी प्रतिबन्ध लगाउनुपर्छ

इनेप्लिज २०८२ जेठ २२ गते १०:०६ मा प्रकाशित

इस्तानबुलमा भएको पछिल्लो वार्ता पनि निष्कर्षविहीन रहँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि रूसमाथि कडा अमेरिकी प्रतिबन्ध लगाउन दबाब दिन थालेका छन्।

ट्रम्पले जनवरीमा कार्यभार सम्हाल्ने क्रममा २४ घण्टामा युद्ध समाप्त गर्ने वाचा गरेका थिए। तर, महिनौंको वार्ताले परिणाम नदिँदा उनको प्रशासन निराश देखिएको छ।

सोमबारको वार्ता केवल एक घण्टामात्रै चलेको थियो। त्यसपछि युक्रेनले रणनीतिक हमला गर्दै पुल र रुसी बमवर्षक विमानहरूलाई आक्रमण गर्दै ठूलो क्षति पुर्याएको छ । युक्रेनी अधिकारीहरूका अनुसार रूस वार्तामा जानुभन्दा अमेरिकी प्रतिबन्ध टार्न समय खेर फालिरहेको छ।

जेलेंस्कीका प्रमुख सल्लाहकार यरमाकले ट्रम्पका विशेष दूत स्टीभ विटकोफलाई भने, “रूस गम्भीर छैन। अब केवल कडा प्रतिबन्धले मात्र रूसलाई वार्तामा ल्याउन सक्छ।”

अर्का अधिकारी भने हामीले प्रस्तुत गरेको शान्ति प्रस्तावमा रूसको कुनै प्रतिक्रिया आएको छैन। बरु पुरानै धम्की दोहोर्याइरहेको बताए । साथै, अमेरिकी सिनेटर लिण्डसे ग्राहामले रूसका ऊर्जा किन्ने देशहरूलाई ५००% महसुल लगाउने विधेयक अघि सारेका छन्।

रूसले वार्ता जारी रहेको भन्दै तत्काल केही नहुने बताएको छ। तर दिमित्री डिमिट्री भने, “वार्ता शान्तिका लागि होइन, यूक्रेन सरकारको विनाशका लागि हो।”

प्रतिक्रिया