कोलोराडो बोल्डर आक्रमणका अभियुक्तको काम गर्ने अनुमति मार्चमा सकिएको खुलासा, गैर कानुनी रुपमा बसेको पाइयो

इनेप्लिज २०८२ जेठ २० गते १६:३४ मा प्रकाशित

कोलोराडो बोल्डर आक्रमणका अभियुक्त मोहम्मद सब्री सोलिमानको काम गर्ने कानुनी अनुमति गत मार्च महिनाको अन्त्यमा सकिएको अमेरिकी सुरक्षा निकायका अधिकारीहरूले बताएका छन्।

सोलिमान सन् २०२२ को अगस्त महिनामा गैरआप्रवासी पर्यटकका रूपमा अमेरिका आएका थिए। 

त्यसपछि उनले सेप्टेम्बरमा कुनै दाबी (संभावित रूपमा शरणको निवेदन) दर्ता गरेका थिए । र, सन् २०२३ को मार्चमा उनलाई काम गर्न अनुमति दिइएको थियो।

तर उक्त वर्क अथराइजेसन ( काम गर्ने अनुमति₹यो वर्षको मार्चको अन्त्यमा सकिएपछि उनी गैरकानुनी रूपमा अमेरिकामा बसेको देखिएको सुरक्षा अधिकारीहरूको भनाइ छ।

सोलिमानमाथि बोल्डरमा भएको आक्रमणको अभियोग लगाइएको छ, । 

अब उनका आप्रवासन सम्बन्धी अवस्था र पृष्ठभूमि पनि अनुसन्धानको केन्द्रमा रहेको छ।

प्रतिक्रिया