अमेरिकाको मिशिगन विश्वविद्यालय का एक चिनियाँ विद्यार्थी हाओश्याङ गाओले अमेरिकामा सन् २०२४ को आमनिर्वाचनमा गैरकानुनी रूपमा मतदान गरेपछि चीन फर्किएको अमेरिकी संघीय अनुसन्धान संस्था (एफबीआई) ले जनाएको छ।
एफबीआईद्वारा गत शुक्रबार सार्वजनिक गरिएको मुद्दा अनुसार, गाओ अक्टोबर २०२४ मा मिशिगनको एन आर्बरस्थित परिसर(क्याम्पस)मा बसोबास गरिरहेका थिए। गत बर्ष अक्टोबर २७ मा उनले मतदान केन्द्रमा गएर अवैध रूपमा मत खसेको कुरा अक्टोबर २८ मा विश्वविद्यालय सुरक्षा अधिकारीहरूसँगको कुराकानीमा स्वीकार गरेका थिए।
सिबिएसन्यूज तथा दर्जनौ दर्जन पत्रपत्रिकाले जनाए अनुसार अक्टोबर ३० मा उनलाई अनधिकृत मतदाता प्रयास र झुटो विवरण दिई मतदाता दर्ता गराएको अभियोगमा राज्यद्वारा आरोप लाग्यो। अदालतले उनलाई चिनियाँ राहदानी बुझाउन र मिशिगन नछोड्न आदेश दिएको थियो। तर उनी जनवरी १९ मा डेट्रोइट अन्तर्राष्ट्रिय विमानस्थलबाट शाङ्घाईतर्फ डेल्टा बिमानसेवाको उडान मार्फत अर्को राहदानी प्रयोग गरेर भागेका छन ।
मार्च ६ र अप्रिल २४ मा अदालतमा उपस्थित नभएको*कारण उनलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको थियो। तर चिनियाँ नागरिक गाओलाई अमेरिका फर्काउने सम्भावना अत्यन्त न्यून छ किनभने चीनसँग अमेरिकाको सुपुर्दगी सन्धि नभएको समाचारमा जनाईएको छ ।
यो प्रकरण अमेरिका इतिहासमै विदेशी नागरिकले संघीय चुनावमा मत हालेको दुर्लभ घटनाहरूमध्ये एक हो। ब्रेनन सेन्टर फर जस्टिसको विश्लेषण अनुसार २०२४ को निर्वाचनमा २३.५ मिलियन मतमध्ये केवल ३० वटा मात्र गैरनागरिकद्वारा मत हालिएको आशंका गरिएको थियो।
प्रतिक्रिया