इस्तानबुलमा रुस-युक्रेन वार्ता फेरि सुरु — ट्रम्प प्रशासनको पहलमा शान्तिको खोजी

इनेप्लिज २०८२ जेठ २० गते १४:०८ मा प्रकाशित

रुसले  आक्रमण गरेको ३ बर्ष भै सके पछि सोमबार युक्रेनी र रूसी प्रतिनिधिमण्डलहरू फेरि टर्कीको इस्तानबुलमा भेट भएका छन्। 

अमेरिकी पहलमा सुरु गरिएका यी वार्ता युद्ध अन्त्य गर्ने उद्देश्यले पुनः सुरु गरिएको हो।युक्रेनले रूसी  बमवर्षक बिमान माथि भीषण हमला गरे पछि यो वार्ता भएको हो ।

यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन दुवै पक्षलाई वार्ता सफल बनाउन कूटनीतिक दबाब दिइरहेको छ। गत मे महिनाको मध्यतिर इस्तानबुलमै भएको अघिल्लो बैठक सन् २०२२ को वसन्तयता दुई देशबीचको पहिलो प्रत्यक्ष संवाद थियो।

सोमबार बिहान युक्रेनी रक्षा मन्त्रालयले एबीसी न्यूजलाई वार्ता पुनः सुरु भएको पुष्टि गरेको छ। वार्ता इस्तानबुलको ऐतिहासिक चिरागान दरबारमा भइरहेको छ ।

यसअघि आइतबार अमेरिकी विदेशसचिव मार्को रुबियो र रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच दूरवार्ता भएको थियो। 

अमेरिकी विदेश विभागले जारी गरेको जानकारी अनुसार उक्त कुराकानी “रुसकै आग्रहमा” भएको हो।

प्रतिक्रिया