अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससिआइएस )ले अमेरिकी नागरिकता आवेदन दिनुअघि “सदाचार” वा “असल नैतिक चरित्र” अनिवार्य रहेको संघीय आप्रवासन कार्यालयले स्पष्ट पारेको छ।
युएससिआइएसको सान फर्नान्ड़ो भ्याली शाखाले हालै एक विदेशी व्यक्तिको नागरिकता आवेदन प्रक्रियामा हस्तक्षेप गर्दै स्थानीय प्रहरीलाई खवर गरेको थियो। कारण – ती व्यक्तिमाथि ठूलो गाडी चोरीको सक्रिय पक्राउ आदेश जारी थियो।
संघीय अधिकारीहरूका अनुसार अमेरिकी नागरिक बन्ने प्रक्रिया कुनै स्वाभाविक अधिकार होइन, यो देशका मूल्य, जिम्मेवारी, र स्वतन्त्रता अपनाउने योग्य व्यक्तिहरूलाई दिइने सम्मान र अवसर हो।
युएससिआइएसको भनाईमा नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले केवल कानुनी हैसियत मात्र पुरा गर्ने नभई राम्रो आचरण देखाउनुपर्ने पनि हुन्छ। कुनै आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको आवेदन तुरुन्त खारेज गरिन्छ, र आवश्यक परे पक्राउ समेत गरिन्छ।
“नयाँ अमेरिकी नागरिक बन्नु गौरवको कुरा हो, तर सबैलाई स्वतः दिने अधिकार होइन,” युएससिआइएसले सामाजिक सञ्जालमार्फत जनाएका छन्।
आप्रवासन प्रक्रिया केवल कागजी प्रक्रिया मात्र होइन, यो आवेदकको आचरण, कानुनी इतिहास र अमेरिकी मूल्यहरूप्रति प्रतिबद्धता पनि जाँच्ने प्रक्रिया हो।
प्रतिक्रिया