राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा घोषणा गर्दै शुक्रबार दिउँसो १:३० बजे ओभल कार्यालयमा इलन मस्कसँग संयुक्त पत्रकार सम्मेलन गर्ने जानकारी दिएका छन्।
यो घोषणा मस्कको प्रशासनिक भूमिकाबाट औपचारिक विदाईपछि आएको हो। बुधबार ह्वाइट हाउस र इलन मस्क दुवैले उनको पदावधि समाप्त भएको सार्वजनिक गरेका थिए। मस्क विशेष सरकारी कर्मचारीका रूपमा नियुक्त भएका थिए । उनीहरूको कार्यकाल १३० दिनको लागि मात्र हो। ट्रम्पको जनवरी २० को सपथपछि शुक्रबार १३० औँ दिन हो।
ट्रम्पले लेखे, “म भोलि दिउँसो १:३० बजे इलन मस्कसँग ओभल कार्यालय मा पत्रकार सम्मेलन गर्दैछु। यो उनको अन्तिम दिन हो, तर साँच्चै होइन, किनकि उनी सधैं हामीसँग रहनेछन्। इलन शानदार छन्! भोलि ह्वाइट हाउसमा भेटौं।”
यसैबीच, एक वरिष्ठ प्रशासनिक अधिकारीले एबीसी न्यूजलाई जानकारी दिँदै भने, इलन मस्कले अनौपचारिक सल्लाहकारको रूपमा राष्ट्रपतिको साथ काम गर्न जारी राख्नेछन् र सम्भावित रूपमा आगामी ह्वाइट हाउस बैठकहरूमा सहभागी पनि हुन सक्छन्।
यो सहकार्य राष्ट्रपति ट्रम्पको प्रविधिमा जोड, नवप्रवर्तनप्रति विश्वास, र मस्कको प्रभावशाली भूमिकाको संकेतका रूपमा हेरिएको छ।
प्रतिक्रिया