आइतबार पोप लियो चौधोले आफूलाई “रोमन” घोषणा गर्दै रोमको धर्माध्यक्षको औपचारिक भूमिकामा प्रवेश गरेका छन्।
सन् २०२५ मे ८ मा निर्वाचित भएका पहिलो अमेरिकी पोपले रोमको आधिकारिक क्याथेड्रल सेन्ट जोन लाटेरन “विशेष गिर्जाघरको स्वामित्व ग्रहण गर्दै सन्ध्याकालीन पवित्र मिसा सम्पन्न गरे, जहाँ रोमन पादरी लगायत ठूलो सहभागिता रहेको थियो ।
यसपछि उनी सवारी साधन चढी सेन्ट मेरी मेजर “विशेष गिर्जाघर पुगे, जहाँ उनले दिवंगत पोप फ्रान्सिसको समाधिमा प्रार्थना गरे र रोमन क्याथोलिकहरूबीच प्रिय रहेको पवित्र कुमारी मरियम चित्रअगाडि श्रद्धा प्रकट गरे।
आफ्नो प्रवचनमा पोप लियो चौधोले भने म तपाईंहरूलाई सुन्न चाहन्छु ,सिक्न र बुझ्न चाहान्छु । एपिन्यूजका अनुसार उनले आफ्नो भूमिकामा एकताको भावना प्रस्तुत गरे ।पोप विश्वभर १.४ अर्ब भन्दा बढी क्याथोलिकहरूको धर्मगुरु हुन् ।
प्रतिक्रिया