ट्रम्पको कडा आलोचना : “पुटिन मानिसहरू मार्दैछन् ,के भयो  उनलाई ?”

इनेप्लिज २०८२ जेठ १३ गते ०:५१ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युक्रेनमाथि रुसले गरेको ठूलो क्षेप्यास्त्र आक्रमणप्रति तीव्र असन्तुष्टि जनाएका छन्। न्यूजर्सीको मोरिस्टाउन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “धेरै मानिसहरू मार्ने” आरोप लगाए।

“म पुटिनले गरिरहेको कामबाट खुशी छैन,” ट्रम्पले स्पष्ट रूपमा भने। “उनी सहरहरूमा क्षेप्यास्त्र पठाउँदैछन्, मानिसहरू मर्न थालेका छन्, र मलाई त्यो बिल्कुलै मन परेको छैन।”

ट्रम्पले पुटिनसँग लामो समयको व्यक्तिगत चिनजान रहेको उल्लेख गर्दै भने, “मैले उनलाई धेरै पहिले देखिनै चिनेको छु, सधैं मिलेर काम गरेका थियौं। तर अहिले के भयो उनलाई, म ठम्याउन सकिरहेको छैन।”

उनले यो आक्रमण वार्ता चलिरहेको समयमा गरिएको उल्लेख गर्दै थपे, “किभ र अन्य शहरहरुमा क्षेप्यास्त्र प्रहार भइरहेको बेला वार्ता कसरी अघि बढ्छ?”

राष्ट्रपति ट्रम्पले जोड दिँदै भने, “म पुटिनको व्यवहारबाट एक इन्च पनि सन्तुष्ट छैन। केही त भयो उनलाई ।”

प्रतिक्रिया