अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीलाई आलोचना गर्दै पुटिनलाई “पागल” भनेको केही समयमै रुसले युक्रेनमाथि पुनः ठूलो हवाई हमला थालेको छ।
ट्रम्प युक्रेन युद्ध टुंग्याउन असफल भएकोमा असन्तुष्ट देखिएका छन्।
आइतवार राति र सोमवार बिहानसम्म युक्रेन र रुसबीच लामो दूरीका मावव रहित यान( ड्रोन) हमला जारी रहे। युक्रेनी अधिकारीहरूका अनुसार राजधानी कीभसहित देशभरि वायु रक्षा प्रणालीले प्रतिक्रिया दिएको छ भने केही भवनमा क्षति पुगेको छ।
युक्रेनी वायु सेनाका अनुसार रुसले ३६४ हवाई आक्रमण साधन प्रयोग गरेको थियो ।जसमा ९ समुन्द्री क्षेप्यास्त्र र ३५५ वटा आक्रमण मानव रहित यान(ड्रोन) थिए। तीमध्ये सबै क्षेप्यास्त्र र २८८ वटा मानव रहित यान(नष्ट गरिएको बताइएको छ। पाँच क्षेत्रमा क्षति र दश क्षेत्रमा मानव रहित यान( ड्रोन)को अवशेष खसेको छ।
राष्ट्रपति जेलेंस्कीले टेलिग्राममा लेखे, “पूर्ण युद्ध सुरु भएयता यो सबैभन्दा ठूलो मानव रहित यान हमला हो।” उनले थपे, “रुसलाई यस्तो आक्रमण गर्न दिनुको मतलब उसले आफूलाई दण्डहीन ठानेको हो। अपराधीलाई नियन्त्रणमा राख्न शक्ति चाहिन्छ — अमेरिकाको शक्ति, युरोपको शक्ति, र जीवनको सम्मान गर्ने सबै राष्ट्रहरूको शक्ति।”
युद्धले फेरि गम्भीर रूप लिएको छ । ट्रम्पको शान्ति प्रयास अझ जटिल बन्दै गएको देखिन्छ।
प्रतिक्रिया