अमेरिकाको साउथ क्यारोलीइना राज्यको होरी काउन्टीमा सामूहिक गोलीकाण्ड भएको फक्सन्यूजले जनाएको छ। होरी काउन्टी प्रहरी विभागले घटनास्थल नजिक नजान स्थानीयलाई आग्रह गरेको छ।
घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ।
प्रहरीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै केही घाइतेहरू व्यक्तिगत सवारीमार्फत अस्पताल पुर्याइएको विवरण पनि पाएको बताएको छ।
हाललाई थप जानकारी सार्वजनिक गरिएको छैन भने यो एक सक्रिय र जारी अनुसन्धान भएको प्रहरी विभागले भनेको छ।
प्रहरीले घटना सम्बन्धी विवरण समयक्रममा सार्वजनिक गरिने जनाएको छ।
प्रतिक्रिया