तेल अभिव, इजरायलस्थित अमेरिकी दूतावासमा आगो लगाउने प्रयास गरेको आरोपमा २८ वर्षीय अमेरिकी-जर्मन नागरिक जोसेफ न्यूमायर पक्राउ परेका छन्।
अमेरिकी न्याय विभागका अनुसार उनले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण सन्देशहरू प्रकाशन गरेका थिए।
एविसीन्यूजका अनुसार न्यूमायर अप्रिलमा इजरायल पुगेका थिए। मे १९ मा उनी दूतावास अगाडि पछाडी भिर्ने झोला( व्याकप्याक) पुगे र सुरक्षाकर्मी माथी थुकेर भागेका थिए।
घटनास्थलमा छोडिएको झोला जाँच गर्दा तीनवटा मोलोटोभ ककटेल (घरेलु आगो लगाउने बम )बम फेला परेको थियो। उनलाई अतिथीगृह( होटल)बाट इजरायली प्रहरीले पक्राउ गरेका थिए ।
उनले घटनाअघि सामाजिक सञ्जालमा “तेल अभिवको दूतावास जलाउन मलाई साथ दिनुहोस्। अमेरिका मरोस्, अमेरिकीहरु मरोस्, र पश्चिमा देशहरूलाई ……….. ….. अश्लिल शव्द प्लेखेको प्रमाण भेटिएको छ। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै पनि धम्की दिएका थिए।
इजरायलले उनलाई अमेरिका फर्काइदिएको थियो। उनलाई न्यूयोर्कस्थित जेकेएफ विमानस्थलमा एफविआईले पक्राउ गरी विस्फोटक प्रयोग गरेर अमेरिकी दूतावास ध्वस्त पार्ने प्रयासको अभियोग लगाएको छ। दोषी ठहरिएमा उनलाई २० वर्षसम्मको कारागार सजाय हुनसक्नेछ।
अमेरिकी महान्यायाधिवक्ता पामेला बन्डीले भनिन् “अमेरिकी दूतावास र राष्ट्रपति ट्रम्पलाई लक्षित गरी यस्तो हिंसात्मक आक्रमणको योजना बनाउनु घोर आपत्तिजनक हो। कानूनको पूर्ण कठोरताका साथ यो अभियुक्तलाई कारबाही गरिनेछ।”
एफविआइका निर्देशक काश पटेलले न्यूमायरको कार्यलाई “घिनलाग्दो र हिंसात्मक” भन्दै यस्तो व्यवहार देशभित्र वा बाहिर कतै पनि सह्य नहुने चेतावनी दिएका छन्।
प्रतिक्रिया