युक्रेनको राजधानी किभमाथिको भीषण हवाई आक्रमणपछि राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा रुसी राष्ट्रपति पुटिनलाई ‘पूर्णरूपमा पागल’ भनेपछि क्रेमलिनले ट्रम्प ‘भावनात्मक तनाव ’ मा पुगेको आरोप लगाएको छ।
रुसले युक्रेनमा मानव रहित यान (ड्रोन) आक्रमण गरी १३ जनाको ज्यान लिएपछि ट्रम्पले आफ्नो सामाजिक संजालट्रुथ सोशलमा लेखे, “पुटिनमा केही गम्भीर परिवर्तन आएको छ। उनले अनावश्यक रूपमा धेरै मानिसहरू मारेका छन्।”
बिबिसीका अनुसार पुटिनका प्रवक्ता डिमिट्री पेस्कोभले ट्रम्पको टिप्पणी ‘सम्बन्धित सबैको भावनात्मक भारसँग जोडिएको’ बताए। तर युक्रेनी राष्ट्रपति जेलेंस्कीले भने रुसका हवाई आक्रमणहरूलाई “सैन्य दृष्टिले अर्थहीन” भन्दै ती “युद्ध लम्ब्याउने र जीवन विनाश गर्ने राजनीतिक निर्णय” रहेको बताए।
रुसले शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले ३६७ क्षेप्यास्त्र (मिसाइल ) र ड्रोन (मानव रहित यान )प्रहार गर्दै सन् २०२२ यता सबैभन्दा ठूलो हवाई आक्रमण गर्यो। आइतबार साँझदेखि सोमबार बिहानसम्म थप ३५५ मानव रही यान (ड्रोन) प्रहार हुँदा १० जनाको मृत्यु भएको युक्रेनी वायु सेनाले जनाएको छ।
यसैबीच जर्मन चान्सलर फ्रेडरिक मर्जले युक्रेनलाई दिइने हतियारमा अब दायरा सीमा नरहने बताएका छन् । ट्रम्पले पनि रूसी नागरिक क्षेत्रमा प्रहारको आलोचना गर्दै पुटिनको व्यवहारलाई ‘स्वीकार्य नहुने’ बताए। उनले युद्ध रोक्न दुई घण्टा लामो दूरवाणी (फोन )वार्तामा पुटिनसँग वार्ता गरेको दाबी गरे।
तर पुटिनले तत्काल युद्धविराम होइन, “संभावित शान्ति सम्झौतामा छलफल गर्न तयार” भनेका छन्। क्रेमलिनले भने “ट्रम्प र अमेरिकालाई शान्तिवार्ता पहलमा साथ दिएकोमा आभार व्यक्त” गरेको छ।
रुसले युक्रेनको करिब २०% भूभाग नियन्त्रणमा लिएको छ, जसमा २०१४ मा मस्कोले कब्जा गरेको क्राइमिया पनि पर्छ।
प्रतिक्रिया