फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले हाल व्यापक (भाइरल) भएको श्रब्यदृश्य (भिडियो)बारे स्पष्ट प्रतिक्रिया दिएका छन्।
उक्त व्यापक भएको श्रब्यदृश्य(भिडियो)मा उनकी पत्नी ब्रिजिट म्याक्रोनले विमानबाट ओर्लंदै गर्दा उनलाई अनुहारमा दुई हातले धकेलेको देखिन्छ। उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा अनेक अड्कलबाजी र षड्यन्त्रका सिद्धान्त फैलिएका छन्। तर उनकी पत्नीको केवल दुई हात मात्र देखिएको छ ।
सोमबार भियतनामको हानोईमा पत्रकारहरूसँग बोल्दै म्याक्रोनले भने, “मैले पत्नीलाई ठट्टा गर्दै जिस्क्याइरहेको सामान्य क्षणलाई विश्वव्यापी समस्या जस्तै बनाइएको छ।”
उनले श्रब्यदृश्य (भिडियो) वास्तविक भए पनि त्यसलाई गलत अर्थ दिइएकोमा आपत्ति जनाए। “कहिलेकाहीं श्रब्यदृश्य (भिडियो)हरूलाई सम्पादन गरिन्छ, तर अहिले जुन प्रकारले गलत व्याख्या गरिएको छ, त्यो हास्यास्पद छ,” म्याक्रोनले थपे।
श्रब्यदृश्य (भिडियो)मा म्याक्रोन विमानको ढोका खोल्दै देखिन्छन्, त्यसपछि ब्रिजिटले दुवै हातले उनको अनुहार छोपेर एक किसिमको ‘धकेलेको’ गरेजस्तो देखिन्छ। म्याक्रोन एकछिन अचम्मित भए पनि तुरुन्तै मुस्कुराउँदै संचारमाध्यमतर्फ हात हल्लाउँछन्।
फ्रान्सेली राष्ट्रपति कार्यालयले पहिलो चरणमा घटनालाई अस्वीकार गरे पनि पछि सामान्य पारिवारिक मजाक भएको बताएको छ।
फ्रान्सेली अधिकारीहरूले यो घटनालाई रूसी समर्थक विवाद निम्त्याउने व्यक्ति(ट्रोल)हरूद्वारा पश्चिमी एकता कमजोर पार्ने अभियानको हिस्सा भएको दाबी गरेका छन्। यसअघि पनि म्याक्रोनमाथि ‘कोकिन प्रयोग’ को झुटो प्रचार फैलाइएको थियो ।
फ्रान्स र युरोपको युक्रेन समर्थनमा म्याक्रोनको नेतृत्व विरुद्ध भइरहेको प्रचारप्रति अधिकारीहरू गम्भीर देखिएका छन्।
प्रतिक्रिया