अमेरिकाको आइडाहोमा घातक गर्मीमा बच्चा गाडीभित्र छोडिए पछि आमा पक्राउ

इनेप्लिज २०८२ जेठ १४ गते ०:०२ मा प्रकाशित

अमेरिकाको आइडाहो राज्यमा गर्मी चर्किंदै जाँदा एक दुई वर्षीय बच्चा तातो कार(सवारी साधन)भित्र एक्लै फेला परेपछि आमा पक्राउ परेकी छिन्।

मेरिडियन प्रहरीका अनुसार आइतवार साँझ एक चमेनागृह (रेस्टुराँ) बाहिर अडान गरेर राखिएकोगाडीभित्र बच्चा रुँदै, पसिना आउँदै गरिरहेको अवस्थामा एक व्यक्तिले देखे। तुरुन्तै घटनास्थलमा पुगेका प्रहरी र चमेनागृहका कर्मचारीले गाडीको ढोका खोलेर बालकलाई बाहिर निकाले।

गाडीभित्रको तापक्रम १३० डिग्री फारेनहाइट (५४ डिग्री सेल्सियस)भन्दा बढी मापन गरिएको थियो। तत्काल प्राथमिक उपचारपछि बच्चालाई स्थानीय अस्पतालमा पुर्‍याइएको र उनको अवस्था स्थिर रहेको जनाइएको छ।

प्रहरीले ३५ वर्षीया आमा एली किउलाई बालबालिकालाई चोट पुर्‍याउने गम्भीर अपराध अन्तर्गत पक्राउ गरी एडा काउन्टी कारागारमा राखिएको बताएको छ। हाल उनलाई धरौटीविनै थुनामा राखिएको छ।

बालक कति समय सम्म गाडी (कार)मा थिए भन्ने अझै खुलाइएको छैन।

प्रहरीले भनेका छन्, “गर्मी बढ्दै जाँदा, गाडीभित्रको तापक्रम केही मिनेटमै घातक हुन सक्छ। बच्चा वा पाल्तु जनावरलाई कहिल्यै सवारी साधन अडान( पार्क) गरिएको गाडीमा एक्लै नछोड्नुहोस्—एक मिनेट पनि हैन् “

प्रतिक्रिया