नेपाली मूलकी खुसी दाहाल सन् २०२५ को सेन्ट लुइस क्षेत्रीय स्पेलिङ बी च्याम्पियन ,अब डिसीमा हुने राष्ट्रिय हिज्जे प्रतियोगितामा सहभागी हुने

इनेप्लिज २०८२ जेठ १३ गते २२:४७ मा प्रकाशित

अमेरिकाको मिजौरी राज्यमा स्थापित २०० बर्ष भन्दा पुरानो सेन्ट लुइस युनिभर्सिटीको स्कुल अफ एजुकेशनले सन् २०२५ को सेन्ट लुइस क्षेत्रीय स्पेलिङ बी प्रतियोगिता भव्य रूपमा आयोजना गर्‍यो। यो लगातार तेस्रो वर्ष हो जब विश्वविद्यालयले यस प्रतियोगिताको आयोजना गर्दै आएको छ, जसमा सेंट लुइस क्षेत्रका २३० भन्दा बढी विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

यस वर्षको प्रतियोगितामा एकाडेमी अफ द साक्रेट हर्ट (Academy of the Sacred Heart )की नेपाली मूलकी विद्यार्थी खुसी दाहाल विजेता बन्न सफल भइन्। उनले “jongleur” शब्दको सही हिज्जे गरेर च्याम्पियनको उपाधि जितिन्। खुसी अब सेन्ट लुइसको प्रतिनिधित्व गर्दै वाशिंगटन, डी.सी.मा हुने स्क्रिप्स नेसनल स्पेलिङ्ग बि (Scripps National Spelling Bee ‘)मा प्रतिस्पर्धा गर्ने छिन्।

कार्यक्रममा ग्रेसी लाब्लान्सलाई पनि विशेष सम्मान दिइएको थियो। उनी सेन्ट लुइस युनिभर्सिटीको स्कुल अफ एजुकेशनकी विद्यार्थी हुन् ।

विश्वविद्यालयले आयोजना गरेको हरेक स्पेलिङ बी प्रतियोगिता( हिज्जे प्रतियोगिता) मा स्वयंसेवकको रूपमा सेवा दिँदै आएकी छन्। उनको सेवा भावनाले एसएलयु को “Men and Women for Others” मेन एण्ड वुमेन फर अदर्स भन्ने जेसुइट आदर्शलाई जीवन्त बनाएको छ।

स्कुल अफ एजुकेशनले सन् २०२६ को क्षेत्रीय स्पेलिङ बी (हिज्जे )प्रतियोगिता आयोजना गर्ने तयारी सुरु गरिसकेको छ।

प्रतिक्रिया