१८ वर्षपछि आर्सेनलले फेरि रच्यो इतिहास, बार्सिलोनालाई हराउँदै महिला प्रतियोगिताको उपाधि जित्यो

इनेप्लिज २०८२ जेठ १२ गते ११:३४ मा प्रकाशित
Screenshot

आर्सेनलले १८ वर्षपछि महिला भकुण्डोको सबैभन्दा प्रतिष्ठित उपाधि युइएफए महिला च्याम्पियन्स लिग (युरोपको शीर्ष महिला क्लब भकुण्डो प्रतियोगिता )जित्दै स्पेनिस प्रतियोगितामा  बार्सिलोनालाई १–० ले स्तब्ध बनाएको छ।

शनिबार लिस्बनको एस्टाडियो जोसे आल्भालाडे रंगशालामा भएको अन्तिम खेलको ७५औं मिनेटमा मध्यान्तर पछि मैदान छिरेकी स्टिना ब्ल्याकस्टेनियसले निर्णायक गोल गरिन्।

यो जितसँगै आर्सेनलले २००७ पछि दोस्रो पटक यो उपाधि जितेको हो। सन् २००७ मा पनि आर्सेनल नै पहिलो र अहिलेसम्मको एक मात्र अङ्ग्रेज क्लब हो जसले महिला प्रतियोगिता उपाधि जितेको छ । 

अन्तिम सिठ्ठी बज्नेबित्तिकै आर्सेनलका खेलाडीहरूले एक अर्कालाई अँगालो हाल्दै जितको खुसी मनाए र रॅगशालामा दौडिए ।

प्रतिक्रिया