युक्रेनमाथि रुसले तीन वर्षदेखि चलिरहेको युद्धको अहिलेसम्मकै भीषण हवाई आक्रमण गरेको छ। राजधानी कीभलगायत २२ स्थानमा शनिबार रातभरि क्षेप्यास्त्र( मिसाइल )र मानवरहित यान(ड्रोन )हमला हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ, जसमा केही बालबालिकासमेत छन्। दर्जनौँ घाइते भएका छन्।
कीभको पश्चिमस्थित झिटोमिर क्षेत्रमा एउटै परिवारका तीन बालबालिकाको ज्यान गएको पुष्टि युक्रेनका आन्तरिक मामिला मन्त्री इगोर क्लीमेंकोले गरेका छन्। बालबालिकाका आमा-बुबा घाइते अवस्थामा अस्पतालमा छन्, आमा गम्भीर अवस्थामा छन्।
विधालयले सामाजिक सॅजाल( फेसबुक)मा लेख्दै गहिरो दुःख व्यक्त गरेको छ: “पूरा विधालय परिवार शोकमा छ।”
रुसले जबरजस्ती युद्ध लम्ब्याउँदै हिंसा बढाइरहेको भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकालाई कडा आलोचना गरेका छन्। उनले टेलिग्राममा लेखे, “रुसका यस्ता प्रत्येक आतंककारी आक्रमणहरू उसमाथि नयाँ प्रतिबन्ध लगाउने पर्याप्त कारण हुन्। संसारले बिदा मनाए पनि युद्ध रोकेको छैन। अमेरिका र अरू राष्ट्रहरूको मौनताले पुटिनलाई अझै हौसला दिएको छ।”
आइतवार राष्ट्रपति डोनाल्ड ट्रम्पका युक्रेन-रुस विशेष दूत कीथ केलेगले आक्रमणलाई १९७७ को जिनेभा शान्ति सन्धिपत्रको स्पष्ट उल्लंघन भनेका छन्। उनले सामाजिक सॅजा एक्समा लेखे, “यी आक्रमणहरू लाजमर्दा छन्। हत्या बन्द गर ! युद्धविराम अहिले चाहिन्छ।”
रातभरि भएको यो आक्रमणका बीच युद्धको एक दुर्लभ सकारात्मक क्षण पनि देखियो । युद्धकालीन सबैभन्दा ठूलो कैदी विनिमय सम्पन्न भयो। युक्रेनी वायुसेनाका अनुसार रुसले कुल ३६७ हवाई हमला उपकरण प्रयोग गर्यो ।६९ वटा क्षेप्यास्त्र र २९८ मानव रहित यान(ड्रोन)जसमा ४७ क्षेप्यास्त्र(मिसाइल) र २६६ मानव रहित यान( ड्रोन) युक्रेनले नष्ट गरेको दाबी छ।
प्रतिक्रिया