तात्तातो  :ट्रम्प र जेलेन्स्की बीच दूरवार्ता : युक्रेन-रूस वार्ता प्रमुख विषय

इनेप्लिज २०८२ जेठ ३ गते १६:४८ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रबार दूरवार्ता(टेलिफोन) वार्ता गरेका छन्। 

यस वार्तामा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, जर्मन चान्सलर फ्रेडरिक मर्ज, बेलायती प्रधानमन्त्री किअर स्टारमर र पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टुस्क पनि सहभागी थिए। 

सिएनएनलाई जेलेन्स्कीका प्रवक्ताले जानकारी दिएअनुसार वार्ताको मुख्य विषय इस्तानबुलमा भइरहेको युक्रेन-रूस वार्ता थियो। 

जेलेन्स्कीले वार्तापछि सामाजिक सञ्जालमा लेखे, “रूसमाथि दबाब कायम रहनुपर्छ। युक्रेन छिटो शान्ति स्थापनाको लागि तयार छ, र विश्वले बलियो अडान लिनु आवश्यक छ।” 

यो कूटनीतिक छलफल युरोपेली नेताहरूबीच शान्तिका लागि संयुक्त प्रयासको संकेत हो।

प्रतिक्रिया