हमासले अमेरिकी नागरिकलाई रिहा गर्ने घोषणा गरेको छ । हमासले आइतबार एक वक्तव्य जारी गर्दै “इजरायली सैनिक एडन एलेक्जान्डर, जो द्वैध अमेरिकी नागरिक हुन्, उनलाई रिहा गर्नु युद्धविरामको सम्झौतामा हुने कदमहरूको एक भाग हुनेछ।”,वक्तव्यमा भनिएको छ ।
हमासले अमेरिकी अधिकारीहरूसँग “अघिल्ला केही दिनहरूमा” युद्धविराम सम्झौताका लागि संवाद गरिरहेको जनाएको छ ।
एबिसीन्यूजका अनुसार यस घोषणासँग कुनै मिति वा समयसीमा नभएको उल्लेख गरेको छ । एडन एलेक्जान्डर, जसको द्वैध अमेरिकी र इजरायली नागरिकता छ । इजरायली सेनामा सेवा गर्दै थिए र उनि गाजा नजिकको क्षेत्रमा तैनाथ थिए ।
हमासले उनलाई ७ अक्टोबर २०२३ मा अपहरण गरेका थिए। “हामी तत्काल गम्भीर वार्ता सुरु गर्न र युद्ध रोक्नको लागि अन्तिम सम्झौतामा पुग्न, बन्धकहरूको आदानप्रदान गर्न र गाजा भूभागलाई स्वतन्त्र व्यावसायिक निकायद्वारा व्यवस्थापन गर्न तयार छौं,” हमासका प्रवक्ता खालिल अल-हय्या भने।
स्रोतका अनुसार रिहाइको तयारी अघि ट्रम्प प्रशासनका मध्य पूर्वका दूत स्टीव विटकोफ सोमबार बिहान टेल एभिभ पुग्नेछन् । यो कदम “पूर्ण सद्भावना सन्देश” को रूपमा लिइएको छ ।
विशेष गरी इजरायल गाजामा आफ्नो सैन्य कारवाही विस्तार गर्न तयारी गरि रहेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार साँझको बैठकमा हमासले अमेरिकी-इजरायली बन्धक एडन एलेक्जान्डरलाई छिटो रिहा गर्न सक्ने बताएका छन् ।
प्रतिक्रिया