मेक्सिकोका राष्ट्रपति शेनबाउमद्वारा ट्रम्पको अमेरिकी सैनिक पठाउने प्रस्ताव अस्वीकार

इनेप्लिज २०८२ वैशाख २१ गते २:०१ मा प्रकाशित

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमा लागू हुने मादक पदार्थ तस्करीविरुद्धको लडाइँमा मद्दत गर्न अमेरिकी सैनिकहरू पठाउने प्रस्ताव अस्वीकार गरेको शनिबार घोषणा गरेकी छिन् ।

शेनबाउमले मेक्सिकोका पूर्वी क्षेत्रका समर्थकहरूका बीचमा गरेको टिप्पणीमा भनिन् , “उनले भने, ‘हामीलाई मादक पदार्थ तस्करीविरुद्ध तपाईलाई मद्दत कसरी गर्न सक्दछौं ? उनले म यो प्रस्ताव गर्छु ,यहाँ अमेरिकी सेना आउँदैन तर तपाईलाई मद्दत पुर्‍याउँछ ,र ,मैले उनलाई ‘हुदैन भने ।

उनले थपिन “सार्वभौमिकता बिक्रीको लागि हुदैन । सार्वभौमिकतालाई माया गरिन्छ र यसको रक्षा गरिन्छ।”

शेनबाउमको यो टिप्पणी वाल स्ट्रीट जर्नलको प्रतिवेदनमा भनिएको एक दिन पछि आएको हो । ट्रम्पले उनलाई दूरवार्ता (फोन) गरेर मेक्सिकोमा अमेरिकी सैन्यको भूमिका बढाउने प्रस्ताव गरेका थिए।

यसअघि ट्रम्पको आदेशमा अमेरिकाको सैन्य उपस्थितिले मेक्सिकोसँगको दक्षिणी सीमामा वृद्धि भएको थियो । जसका कारण जनवरीमा आप्रवासनको बाढी लाई नियन्त्रण गर्न सैनिकहरूको भूमिकामा वृद्धि गरिएको थियो। अमेरिकाले सीमा क्षेत्रमा सैनिक र उपकरण पठाएको छ । र ,फेन्टानिल तस्करीलाई नियन्त्रण गर्न निगरानी उडानहरूको संख्या बढाएको छ।

तर शेनबाउमले शनिवारको आफ्नो भाषणमा भनिन् ,एकपक्षीय सैन्य हस्तक्षेपको अमेरिकी दबाबले उनी र ट्रम्प बीचको सहकार्यमा ठुलो टकराव ल्याउने सम्भावना बढाउँछ। उनले भनिन् , “हामी सँगसँगै काम गर्न सक्छौं, तर तपाईं आफ्नो क्षेत्र भित्र र हामी हाम्रोमा।”

उनले अगाडी थपिन् : “हामी कहिल्यै संयुक्त राज्यको सैन्य हाम्रो क्षेत्र भित्र स्वीकार गर्ने छैनौं।” शेनबाउमको यो कडा बयानले मेक्सिको र अमेरिका बीचको सम्बन्धमा नयाँ चुनौतीहरूको सङ्केत गरेको छ।

प्रतिक्रिया