लस एन्जलस । अमेरिकी गृह सुरक्षा अनुसन्धान बिभागले मोहम्मद खैर हसन मोहम्मद डाबसको खोजीमा सहयोगको लागि अपील गरेको छ।
११ सेप्टेम्बर २०२२ मा आइसिइका अनुसार उनि अमेरिकामा विद्यार्थीको रूपमा प्रवेश गरेका थिए । आइसिइले तर उनि कक्षामा जान असफल भएको भन्दै सूचना र उनलाई खोज गर्न आग्रह गरेको छ ।
डाबस जोर्डनका नागरिक हुन् । उनी ३ मे २०२४ मा नौसेना अड्डा क्वान्टिकोमा अनधिकृत प्रवेशको आरोपमा पक्राउ परेका थिए।
५ जुन २०२४ मा एक आप्रवासन न्यायाधीशबाट जमानतमा मुक्त भएपछि उनी लस एन्जलस क्षेत्रको ओरेन्ज काउंटीमा बसोबास गरि रहेको आइसिइले जनाएको छ । साथै उनको उचाई ५ फिट १० इन्च तथा वजन १७० पाउन्ड रहेको समेत सूचना दिइएको छ ।
प्रतिक्रिया