अमेरिकाको इलोनोइ राज्यमा ६ वर्षीय प्यालेसटाइनी -अमेरिकी बालकको घृणास्पद हत्यामा एक व्यक्तिलाई ५३ वर्षको कारावास सजाय

इनेप्लिज २०८२ वैशाख २० गते १९:४१ मा प्रकाशित

अमेरिकाको इलोनोइ मा ६ वर्षीय प्यालेसटाइनी -अमेरिकी बालकको घृणास्पद हत्यामा एक व्यक्तिलाई ५३ वर्षको कारावास सजाय सुनाईएको छ ।

अक्टोबर २०२३ मा इलिनोइका जोसेफ जुबालाई ६ वर्षीय वदी अल्फायोमीको हत्या गरेको आरोपमा ५३ वर्षको कारावास सजाय भोग्न दिइएको छ ।

जुबाले वदीलाई २६ चोटि छुरा हानेका थिए र उनकी आमा पनि गम्भीर घाइते भएकी थिइन्।

अक्टोबर १४, २०२३ मा वदी र उनकी आमा प्लेनफिल्ड शिकागो उपनगर स्थित आफ्नै घरमा हमलाको शिकार भएका थिए। जुबा ७३ वर्षीय जो घरको मालिक थिए, उनलाई हत्याको आरोपमा दोषी ठहर्याइएको थियो। अदालतको निर्णयपछि वदीका परिवारले यस परिणामलाई स्वागत गरेका छन् ।

घटना तत्कालै इजरायल र हमासबीचको युद्धसँग जोडिएको थियो, जसको प्रतिक्रियामा जुबा मुस्लिम समुदायलाई लक्षित गरेको मानिन्छ। उनले वदी र उनको आमा दुबैलाई मुस्लिम भएकाले हमला गरेको दाबी गरिएको छ।

वदीको आमा हानन शाहीन जसले घाइते भएपछि ९११ मा खबर गरेकी थिइन् । जुबाले उनलाई हत्याको धम्की दिँदै “तिमी मुस्लिम शैतान हौ, तिमीमर्नुपर्छ” भन्ने शब्दहरू प्रयोग गरेका थिए।

अदालतको निर्णयले घृणा अपराधको कडा संदेश दिएको छ । मुसलमान अमेरिकी समुदायले यसलाई न्यायको एक महत्वपूर्ण कदमको रूपमा लिएको छ।

प्रतिक्रिया