राष्ट्रपति डोनाल्ड ट्रम्पले पोपको पोशाकमा आफूलाई देखाइएको एक कृतिम बुद्धिमत्ता (एआई-जनित फोटो )साँझा गरेका छन् ।
केही दिनमै उनले पत्रकारहरूसँग कुरा गर्दै उनी पोप बन्न चाहन्छु भनेका थिए ।
यो तस्बिर जुन ट्रम्पले आफ्नो सामाजिक संजाल “ट्रुथ सोसल”मा प्रकाशित गरेका थिए । व्हाइट हाउस भवनको आधिकारिक सामाजिक सञ्जाल खातामा पनि शुक्रवार साँझा (शेयर) गरिएको थियो ।
यो तस्बिर त्यतिबेला सार्वजनिक गरिएको हो जब संसारभरका मुख्य पादरीहरू भ्याटिकन शहरमा पोप फ्रान्सिसको उत्तराधिकारी चयन गर्न भेला हुने तयारी गर्दैछन्। तस्बिरमा ट्रम्पलाई सेतोवस्त्र र टोपीमा सज्जित, एक सिंहासनमा बसेको र औला उठाएको देखाइएको छ।
ट्रम्प, जो क्याथोलिक होइनन्, मंगलवार व्हाइट हाउस बाहिर पत्रकारहरूसँग मजाक गर्दै भने, “म पोप बन्न चाहन्छु। यो मेरो शीर्ष १ चाहना हुनेछ।”
ट्रम्पले भने उनलाई वास्तवमा कुनै विशेष चाहना छैन । तर उनले थप्दै भने “हामीसँग एउटा मुख्य कार्डिनल (पदवीप्राप्त क्याथोलिक पादरी )छन्, जो न्यूयोर्कका हुन् र धेरै राम्रो छन्, त्यसैले हामी हेर्नु पर्छ के हुन्छ।”
यो कृतिम बुद्धिमत्ता तस्बिर (एआई-जनित फोटो)ले सामाजिक संजालमा व्यापक प्रतिक्रियाहरू ल्याएको छ । कतिपयले यसलाई मजाकको रूपमा रक्षा गरे भने अन्यहरूले आलोचना गरे।
प्रतिक्रिया