अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले सिविएसन्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्प प्रशासन “सबैभन्दा खतरनाक आप्रवासीहरू विरुद्ध सही तरिकाले कारबाही गर्न” प्रतिबद्ध रहेको बताइन ।
यो भनाइ त्यतिबेला आएको हो जब एल साल्भाडोरको उच्च सुरक्षा कारागारमा निर्वासित गरिएका आप्रवासीहरूको पृष्ठभूमि छानबिनबारे प्रश्न उठिरहेका छन्।
ट्रम्प प्रशासनले सयौं भेनेजुएला र साल्भाडोरका आप्रवासीलाई विदेशी शत्रु ऐन १७९८ अनुसार निर्वासित गरेको छ, जसले अमेरिका आक्रमणको सामना गरिरहेको अवस्थामा निर्वासन गर्न अनुमति दिन्छ।
तर सिविएस न्यूजले प्राप्त गरेका कागजातअनुसार तीमध्ये धेरैसँग आपराधिक अभिलेख नै नभएको उल्लेख गरेको छ ।
धेरै न्यायाधीशहरूले यी निर्वासनहरूमा आपत्ति जनाएका छन्।
यसै महिनाको सुरुमा सर्वोच्च अदालतले फैसला समेत सुनाएको छ । अदालतले विदेशी शत्रु ऐन अन्तर्गत हटाइएका आप्रवासीहरूले आफ्नो मुद्दा अदालतमा पुनरावलोकन गर्न पाउने अधिकार हुनुपर्छ भनेको छ ।
सरकारले एउटा गल्ती स्वीकारेको मुद्दा किलमार गार्सियाको हो भने उनि मेरील्याण्डका हुन् । एक आप्रवासन न्यायाधीशले उनी त्यहाँ जान असुरक्षित हुने निर्णय गरिसकेका छन्। उनको परिवारले गार्सिया कुनै समूहको सदस्य नरहेको दाबी गरेको छ।
साथै सर्वोच्च अदालतले सरकारलाई उनलाई फर्काउन निर्देशन दिइसकेको छ।
तर नोएमले भनिन्, “गार्सिया अब हाम्रो नियन्त्रणमा छैन। उनी साल्भाडोरका नागरिक हुन्। यदि उनी अमेरिका फर्किए, हामी उनलाई तुरुन्तै फेरि निर्वासित गर्नेछौं।”
प्रतिक्रिया