मस्तिष्कको अबुर्द रोगबाट पीडित तथा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सम्मान गरिएका १३ वर्षीय डीजे ड्यानिएलको अवस्था खस्कदो रहेको बिभिन्न संचार माध्यमहरुले जनाएका छन् ।
समाचार अनुसार गुप्तचर डिजे फेरि अबुर्द रोगसँग संघर्ष गरि रहेका छन् । फक्सन्यूजले जनाए अन्सुअर थप ३ वटा गाँठो (ट्युमर )देखा परेको छ ।
राष्ट्रपति ट्रम्पलाई समेत प्रेरणा दिएका ड्यानिएल फेरि गम्भीर अवस्थामा छन्। उनको दिमागमा तीनवटा नयाँ अबुर्द (ट्युमर) देखा परेको ह्वाइट हाउसले शुक्रबार पुष्टि गरेको छ।
डिजे ड्यानिएललाई सन् २०१८ मा दुर्लभ अबुर्दको भएको पत्ता लागेको थियो। चिकित्सकहरूले उनीलाई पाँच महिनाभन्दा बढी बाँच्न सक्दैनन् भनेका थिए। तर अनुसन्धान आधारित उपचारर धेरै पटक मष्तिस्क शल्यक्रिया पछि पछि उनी अझै बाँचिरहेका छन्।
टेक्सस राज्यका यी किशोरको सपना प्रहरी बन्ने थियो। उनले राष्ट्रपति ट्रम्पसँग मार्च ४ मा अमेरिकी कांग्रेसको संयुक्त अधिवेशनमा संघीय गुप्तचर सेवामा सम्मानजनक नियुक्ति पाएका थिए। उनी अहिलेसम्म १,३५१ वटा प्रहरी निकायमा शपथ लिइसकेका छन्, जुन एउटा विश्व कीर्तिमान हो।
उनका बुबा थिओडिस ड्यानिएलले भने, “यो साह्रै पीडादायक छ। तपाई आफ्नो छोराको टाउकोमा फेरि अबुर्द भएको खबर सुन्दा मुटु चिरिन्छ । तर हामी हरेक दिन एउटा सन्देश फैलाइरहेका छौं — एकअर्कालाई माया गरौं, सहानुभूति देखाऔं।”
सबैभन्दा हालैमा उनी विलियमसन काउन्टी शेरिफ कार्यालय र संघीय आन्तरिक मन्त्रालय अन्तर्गतको युएस पार्क प्रहरीमामा पनि सम्मानित गुप्तचर बने। उनि व्हाइट हाउसमा पनि ट्रम्पलाई भेट्न गएका थिए । उनले त्यहाँ राष्ट्रपति सँग एक पटक अंगालो पनि हालेका थिए ।
प्रतिक्रिया