अमेरिकाको डिसी क्षेत्रको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीको स्यानटिली शहरमा सन् २०२२ मा स्थापना भएको हिमालय फ्री क्लिनिकको वार्षिकोत्सव विविध कार्यक्रमको साथ सम्पन्न भएको छ ।
बिमा नभएका तथा नेपालबाट अमेरिका भ्रमणमा आएका बुवाआमा लगायत जो कोहीलाई निशुल्क स्वास्थ्य सेवा गर्ने हिमालय फ्री क्लिनिकले बिगत ३ बर्ष देखि गरेको योगदान र सेवा गरेकोमा समुदायले मुक्त कण्ठले प्रशंसा गरेका छन् ।
अमेरिका जस्तो मुलुक र व्यस्त समयमा जीवन व्यतित हुने राष्ट्रमा बिशेष गरि नेपाली समुदायलाई केन्द्रित गर्दै स्वास्थ्य सेवा गर्ने उद्धेश्यले स्थापना भएको हिमालय फ्री क्लिनिक(नि शुल्क स्वास्थ्य केन्द्र)ले समुदायमा छोटो समयमा अने अद्भूत सेवा प्रदान गरेको छ ।
अहिले स्वास्थ्य सेवा लिनेहरुको घुइचो लाग्न थालेको छ । दिनहु यसको चर्चा परिचर्चा र यसले गरेको योगदानको कदर समुदायले खुला हृद्दयले गर्न थालेका छन् । हाल सम्म एक दर्जन नेपाली चिकित्सकहरु ,करिव २ दर्जन स्वास्थ्य परिचारिका (नर्स) तथा २ दर्जन जति स्वयम् सेवकहरुले उपचार केन्द्रमा सेवा प्रदान निरन्तर रुपमा गरि रहेका छन् । हिमालय फ्री क्लिनिक प्रत्येक महिनाको पहिलो शनिबार फेयरफ्याक्स स्थित हिमालय क्लिनिकमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दछ । यो बिगत ३ बर्ष देखि संचालनमा छ ।
आज भएको बार्षिक कार्यकममा ज्यादा पेशासंगै सबन्धित स्वास्थ्यकर्मी लगायत आमन्त्रित थुप्रै समुदाय सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दुवै राष्ट्रको राष्ट्रगान बजाईएको थियो भने चिकित्सक गुणराज सुबेदीले स्वागत मन्तब्य राखेका थिए । चिकित्सक सुबेदीले क्लिनिक (चिकित्सा केन्द्र)लाई प्रोत्साहन गर्न र स्वयम् सेवक रुपमा सहभागी हुन् आग्रह गरे ।
नेपाली दुताबासका उप नियोग उप-प्रमुख / मिनिस्टर शरद राज आरण प्रमुख अतिथि रहेका थिए । उनले पानसमा बत्ति बाली कार्यक्रमको उद्घाटन गर्नुको साथै प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेकोमा धन्यबाद दिए । साथै यस्तो सेवा निरन्तर रहोस ,सबैजना जोडिउन भन्दै नेपाली भाषामै बिरामीहरुले सेवा पाउनु र सजिलो रोग बारेमा बताउन सक्ने हुनाले हिमालय फ्रि क्लिनिकको मुक्त कण्ठले प्रशंसा गरे । साथै दुताबासको तर्फबाट आर्थिक सल्लाहकार योगराज पाण्डेको पनि उपस्थिति रहेको थियो ।
यसै सँग जोडिएका चिकित्सक तथा स्वास्थ्यकर्मी लगायतले पनि हिमालय फ्री क्लिनिकका अनुभव र कसरी आफू जोडिएको बारेमा बताएका थिए । साथै लेखा हेर्ने केशव बरालले आर्थिक प्रतिवेदन प्रस्तुतिको साथै हिमालयसंगै जोडिएका चिकित्सक दान बिश्वकर्मा लगायतले पनि बोलेका थिए ।
कार्यक्रमको बीच बीचमा केसी डान्स सेन्टरको तर्फमा किशोर किशोरी लगायत पियानो प्रस्तुतिको साथै गीत आदी प्रस्तुति गरिएको थियो । साथै त्यहाँ उपस्थित भएका स्वयम सेवक, प्रायोजक ,दाता ,सहयोगीहरुलाई ताली बजाई सम्मान गरिएको थियो ।
त्यहा उपस्थित भएका केहीले हिमालय फ्री क्लिनिकको संचालनको लागि आर्थिक सहयोग समेत गरेका थिए । अन्त्यमा हिमालय फ्री क्लिनिककी संस्थापक स्वास्थ्य परिचारिका(नर्स) मंजु कार्की संग्रौलाले सेवाहरुको बारेमा चर्चा गर्दै सेवा निरन्तर हुने बताइन । साथै उनले सबैलाई धन्यवाद समेत दिदै आगामी दिनमा थुप्रै सेवाहरु प्रदान गरिने जनाइन ।
हाल समय-समयमा क्लिनिक(उपचार केन्द्र)ले रक्तदान कार्यक्रम,खोप, श्रवण परीक्षण,फेयरफ्याक्स काउन्टी सूचना कक्ष, कोलन क्यान्सर (मोटो आन्द्राको अबुर्द )रोकथाम, म्यामोग्राम(स्तन अबुर्द जाँचको विशेष परीक्षण ),सिपिआर तालिम आदि समावेश हुने स्वास्थ्य सेवा पनि सञ्चालन गरि रहेको छ ।
साथै हरेक महिना नियमित सेवाहरूमा बिरामीको स्वास्थ्य परीक्षण, मधुमेह ,मुटुको जाँच, कोलेस्टेरोल, ए१सि (A1c) जाँच आदी सेवा प्रदान गरिन्छ । अब अलिक बढी कोलन क्यान्सर (मोटो आन्द्राको अबुर्द )रोकथाम तथा म्यामोग्राम(स्तन अबुर्द जाँचको विशेष परीक्षण )लाई प्राथमिकतामा राखिने प्रमुख संग्रौलाले बताइन ।
कार्यक्रम संचालन डा अनिल सुवाल तथा डा जुडी फेडेरिकसनले गरेका थिए । हिमालय फ्रि क्लिनिक अमेरिकी सरकार सँग जोडिएको र हाल ५०१(c)(3) गैरनाफामूलक संस्था हो।
प्रतिक्रिया