३६ घण्टाभित्र भारतले आक्रमण गर्न सक्ने — पाकिस्तानको दाबीले परमाणु तनाव चुलियो

इनेप्लिज २०८२ वैशाख १७ गते ११:३१ मा प्रकाशित

भारत र पाकिस्तानबीचको तनाव चरममा पुगेको छ । कश्मिर आतंकबादी आक्रमण पछि पाकिस्तानले भारतले ३६ घण्टाभित्र सैन्य कारबाही गर्न सक्ने दाबी गरेको छ ।

मंगलबार राति पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह ताररले आपतकालीन पत्रकार सम्मेलन गर्दै भने हामीसँग विश्वसनीय गुप्त सूचना छ कि भारतले नक्कली बहानामा पाकिस्तानमाथि कारबाहीको तयारी गरिरहेको छ।

यो दाबी अप्रिल २२ मा भारतीय नियन्त्रित काश्मिरको पहलगाममा भएको आतङ्कवादी हमलापछि आएको हो, जसमा २६ जनाको मृत्युभएको थियो । तीमध्ये अधिकांश पर्यटक थिए। भारतले सो हमलाको दोष पाकिस्तान समर्थित आतङ्ककारीहरूमाथि लगाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना सेना प्रमुखहरूलाई कारबाहीको तरिका, लक्ष्य र सम स्वतन्त्र रूपमा निर्णय गर्न अनुमति दिएका छन्।

भारतले पाकिस्तानविरुद्ध कूटनीतिक दबाब बढाउँदै जलसम्झौता रद्द गरेको, सम्बन्ध घटाएको र पाकिस्तानी नागरिकलाई देश छोड्न भनेको छ। पाकिस्तानले पनि जवाफी कदम चालेको छ।

संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानबीचको युद्धले विनाशकारी असर पार्न सक्छ, जुन विश्वले सहन सक्दैन भन्दै चेतावनी दिएको छ ।

अमेरिकाले पनि संयमता अपनाउन आग्रह गरेको छ। अमेरिकी विदेश सचिव मार्को रुबियोले दुबै देशका विदेश मन्त्रीहरूसँग वार्ता गर्ने तयारी गरिरहेका छन्।

प्रतिक्रिया