न्यायाधीश जिनिसले सरकारले उसलाई फर्काउन के-के कदम चालेको हो भनेर छिटो अनुसन्धान गर्न आदेश दिएकी छन्।
मेरिल्याण्डकी संघीय न्यायाधीश पाउला जिनिसले बुधबार ट्रम्प प्रशासनलाई फेरि समय दिन अस्वीकार गरिन् । ट्रम्प प्रशासनद्वारा गल्तीले मेरिल्याण्ड निवासी गिलमार अब्रेगो गार्सियालाई एल सल्भाडोरको कुख्यात कारागारमा निर्वासित गरेको थियो।
न्यायाधीश जिनिसले सरकारले उसलाई फर्काउन के-के कदम चालेको हो भनेर छिटो अनुसन्धान गर्न आदेश दिएकी छन्। उनले प्रशासनलाई ‘जानीजानी असहयोग गरेको’ भन्दै आलोचना गरिन्।
गत हप्ता सात दिनको म्याद दिएको भए पनि उनले बुधबार थप समय दिन अस्वीकार गरिन् । सोमबारभित्र सबै जानकारी पेस गर्न आदेश दिइन्। साथै, आगामी दुई हप्ताका लागि नयाँ समयतालिका पनि तोकिनेछ।
गार्सियालाई सन् २०१९ मा एक न्यायाधीशले सल्भाडोर नपठाउन आदेश दिएका थिए किनभने त्यहाँ उनी त्यहाँ गिरोहहरूको लक्षित व्यक्ति बन्न सक्थे। तर ट्रम्प प्रशासनले मार्च १२ मा उनलाई बाल्टिमोरको काम सकेर फर्किंदै गर्दा पक्राउ गर्यो । विवादास्पद टेररिज्म कन्फाइनमेन्ट सेन्टर अर्थात् कठोर झ्यालखानामा पठायो। पछि उनलाई अर्को कारागारमा सारिएको थियो।
अब्रेगो गार्सियामाथि एमएस-१३ गिरोहसँग सम्बन्ध भएको आरोप ट्रम्प प्रशासनले लगाएको छ, जुन उनका वकिलहरूले अस्वीकार गरेका छन्। न्यायाधीश जिनिसले सरकारको ‘गोपनीयता’ को दाबीलाई “अस्पष्ट र असत्य” भन्दै भनेकी छन्: “अब यस्ता बहाना बन्द गर।”
प्रतिक्रिया