बिश्व कै सम्राट राज्य न्यूयोर्क शहरमा आगामी मे ४ का दिन सङ्गीत तथा चलचित्र पुरस्कार समारोह हुने भएको छ ।
मे ४ आइतबारका दिन हुने उक्त समारोह फस्ट टप सप काठमाडौँको प्रस्तुति हो भने यसलाई ८८४८ हिमालय म्युजिक एण्ड फिल्म अवार्ड युएसए २०२५ नामाकरण गरिएको छ ।
समारोह न्यूयोर्कको मेलरोज बलरुममा हुनेछ । उक्त समारोहमा २ जनालाई लाइफ टाइम एचिभमेन्ट(जीवन-काल प्राप्ति पुरस्कार ) दिईने भएको छ ।
चर्चित संगीत निर्देशक तथा गायक शम्भुजीत बास्कोटा तथा नेपालका प्रथम पप गायक ओम बिक्रम बिष्टलाई जीवन-काल प्राप्ति पुरस्कार प्रदान गरिने भएको छ ।
यसै गरि संगीत तथा चलचित्र क्षेत्रका ११ जनालाई बिशेष सम्मान गरिने भएको छ । चलचित्रका १५ वटा विधा र संगीतका १५ विधाका दुवैलाई पुरस्कार प्रदान गरिने छ ।
नेपालबाट नेपाली चलचित्रका महानायक राजेश हमाल ,शम्भुजित बास्कोटा ,कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी ,नीति शाह ,प्रशान्त ताम्राकार ,कोरियाग्राफर तथा मोडल(नमुना)राहुल शाह लगायत नेपालबाट आई सकेका छन् । झन्डै १०० जना भन्दा ज्यादा संगीत तथा चलचित्रका कलाकारहरुको बिशाल जमघट हुने आयोजक मध्ये कै एक संयोजक तथा गायक राजेश हमालले ईनेप्लिजलाई बताए ।
साथै मे ४ मा न्युयोर्कमा हुने समारोहमा यस क्षेत्रमा रहनु हुने नेपाली समुदायलाई सहभागिताको लागि आयोजकले सबैलाई आग्रह गरेका छन् ।
साथै २० भन्दा ज्यादा कलाकारहरुको प्रत्यक्ष सांगीतिक प्रस्तुति हुनेछ ।
आयोजकका अनुसार कार्यक्रम साँझ ७ बजे सुरु हुनेछ ।
प्रतिक्रिया