ट्रम्पका आरोपहरू ‘विशुद्ध धोका’ हुन् : इरानी विदेशमन्त्रीको कडा प्रतिवाद

इनेप्लिज २०८२ जेठ २ गते १:२६ मा प्रकाशित

इरानी विदेशमन्त्री अब्बास आराघ्चीले राष्ट्रपति डोनाल्ड ट्रम्पका इरानविरुद्धका भनाइलाई “विशुद्ध धोका” भन्दै कडा आलोचना गरेका छन्।

साउदी अरबको रियादमा मंगलबार दिएको भाषणमा ट्रम्पले तेहरानलाई “क्षेत्रको सबैभन्दा विनाशकारी शक्ति” भनेर वर्णन गरेका थिए । इरानी नेताहरूलाई आफ्नै जनताको सम्पत्ति लुटेर क्षेत्रीय सशस्त्र समूहहरूलाई पोषित गरिरहेको आरोप लगाएका थिए।

यसको प्रतिक्रिया दिँदै आराघ्चीले भने, “पछिल्लो ४० वर्षदेखि अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्ध, दबाब, र सैन्य तथा नागरिक धम्कीहरूले हाम्रो देशको प्रगति अवरुद्ध गरेको हो। इरानको आर्थिक समस्याको जिम्मेवार अमेरिका नै हो।”

उनले थपे, “ट्रम्प एकातिर अधिकतम दबाबको नीति अपनाइरहेका छन्, अर्कोतर्फ इरानको आर्थिक अवस्थालाई लिएर आरोप लगाइरहेका छन् – यो पूर्ण रूपमा अनुचित हो।”

क्षेत्रीय मामिलामा ट्रम्पका टिप्पणीबारे बोल्दै आराघ्चीले तेहरानको पुरानै अडान दोहोर्याए । र ,उनले भने गाजामा इजरायली हमलाहरू र हत्या नै क्षेत्रीय अस्थिरताको मुख्य कारण हुन्।

“इरानलाई खतरा ठहर गर्दै प्रस्तुत गर्नु यो विशुद्ध भ्रम हो र वास्तविक खतरा बदल्ने प्रयास हो,” आराघ्चीले भने। उनले अन्त्यमा ओमानको मध्यस्थतामा हुने आगामी वार्ताको मिति र स्थान घोषणा हुन बाँकी छ । इरानको प्राथमिकता संवाद र समाधान नै हो ।

प्रतिक्रिया