अमेरिका र युक्रेनले बुधबार एक खनिज साझेदारी सम्झौतामा हस्ताक्षर गरेपछि यो विश्वमञ्चमा चासोको विषय बनेको छ। वाशिङ्टन डी.सी.मा सम्पन्न यो सम्झौता अमेरिका र युक्रेनबीच आर्थिक सहकार्यको नयाँ युगको संकेतका रूपमा चित्रित गरिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यो सम्झौतालाई युक्रेनलाई दिइएको १०० बिलियन डलर भन्दा बढीको सैन्य तथा मानवीय सहायता “फिर्ता लिन” को एउटा उपायको रूपमा हेरेको छ। अमेरिकी वित्त मन्त्रि स्कट बेशेन्टले श्रब्यदृश्य (भिडियो )सन्देशमार्फत भने, “यो साझेदारीले अमेरिकालाई युक्रेनसँगै लगानी गर्न, त्यहाँको विकास स्रोत खुलाउन, र अमेरिकी पूँजी तथा सुशासन्मा पदण्ड मार्फत आर्थिक पुनर्निर्माणलाई गति दिन सहयोग पुर्याउनेछ।”
यद्यपि सम्झौताका सबै विवरण सार्वजनिक भइसकेका छैनन्। युक्रेनी प्रधानमन्त्री डेनिस श्मिहालले यसलाई युक्रेनी संसद (राडा) मा पेस गर्ने तयारी गरेका छन्। श्मिहालका अनुसार यो सम्झौताले युक्रेनको युरोपेली संघमा सदस्यता प्रयासमा बाधा पुर्याउने छैन।
राष्ट्रपति भोलोदिमिर जेलेंस्कीको दलका सांसद ओलेक्जान्दर मिरेझ्कोले भने, “प्रधानमन्त्रीको भनाईअनुसार यो प्रारम्भिक प्रस्तावभन्दा राम्रो देखिन्छ, तर अझै पनि विवरणहरू महत्त्वपूर्ण छन्।” अर्का सांसद यारोस्लाभ जेलेजन्याकले भने, “मतदान मे महिनाको मध्यसम्म पनि सर्न सक्छ।”
तर रूसबाट कडा प्रतिक्रिया आएको छ। सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति डिमीट्री मेदवेदेभले भने, “ट्रम्पले कीभलाई अमेरिकी सहायता खनिजमार्फत चुकाउन बाध्य बनाएका छन्।” तर अमेरिका भने यसलाई लामो समयको शान्ति र स्वतन्त्र युक्रेनका लागि राष्ट्रपति ट्रम्पको “थकानविहीन प्रयास” को नतिजा भन्दै प्रस्तुत गरिरहेको छ।
के यो सम्झौता रणनीतिक जित हो वा राजनीतिक सम्झौता? निर्णय आउँदो हप्तामा हुनेछ।
प्रतिक्रिया