“जो रोगनको चेतावनीपछि ट्रम्पको कडो जवाफ: ‘हामी राक्षस होइन, कानुनी ढंगले अपराधी हटाइरहेका छौं'”

इनेप्लिज २०८२ वैशाख १८ गते १०:३८ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चार माध्यम एबिसीन्यूजलाई दिएको अन्तर्वार्तामा आप्रवासन नीति र जो रोगनको आलोचनात्मक टिप्पणीबारे प्रतिक्रिया दिएका छन्। राष्ट्रपति कार्यालय सम्हालेको सयौं दिनमा उनले पहिलोपटक आफ्नै कट्टर समर्थक रोगनको चेतावनीलाई सार्वजनिक रूपमा सम्बोधन गरे।

जो रोगनले १७ अप्रिलको आफ्नो पोडकास्टमा चेतावनी दिएका थिए , “गिरोह सदस्यलाई कुनै कानुनी प्रक्रिया बिना एल साल्भाडोर पठाउनु खतरनाक कदम हो”। उनले भने, “हामी राक्षससँग लड्दै गर्दा आफैँ राक्षस नबनौं।”

रोगनको भनाइप्रति ट्रम्पले भने, “म एक सय प्रतिशत सहमत छु। हामी सावधान रहनुपर्छ, र हामी सावधानीपूर्वक अघि बढिरहेका छौं।”

तर जब पत्रकार टेरी मोरनले अदालतका आदेश र सर्वोच्च अदालतको निर्णयबारे प्रश्न गरे, ट्रम्पले आफ्नो प्रशासन कानुनी सीमाभित्रै काम गरिरहेको दाबी गरे। “हामी अपराधीहरूलाई निकालिरहेका छौं। तिनीहरूलाई कानुनी तरिकाले छिटो निकाल्दैछौं,” उनले भने।

सर्वोच्च अदालतले एल साल्भाडोरका एक आप्रवासी, किल्मार अब्रेगो गार्सियालाई फर्काउन आदेश दिएको विषयमा ट्रम्पले भने, “उनी गिरोह सदस्य थिए। म उनलाई फिर्ता ल्याउने छैन।”

प्रतिक्रिया