काठमाडौ । जीवनमा बुढ्यौली भने बिनाकुनै मेहनत आइहाल्छ । बुढ्यौली बढ्दै गएपछि मानिसको शरीरमा तागत घट्न थाल्छ । बिस्तारै रोग प्रतिरोधात्मक शक्ति पनि कमजोर हुन थाल्छ । शरीर कमजोर हुँदै गएपछि आफ्नो काम पनि आफैं गर्न सक्ने अवस्था हुँदैन । उठ्न बस्न समेत सहयोगको आवश्यकता पर्ने सम्भावना हुन्छ । त्यस्तो बेला हेरविचार गर्नको लागि एक व्यक्ति हरदम साथमा हुनुपर्ने हुन्छ । कामकाजी छोराछोरी भएको घरका अथवा परिवार विदेश भएका घरको ज्येष्ठ नागरिकहरूलाई भरपर्दो, विश्वासिलो सहयोगी पाउन मुस्किल भएको अवस्थाम त्यस्ता ब्यत्तिहरुलाई सेवा दिने उदेश्य सहित काठमाडौको सुकेघारामा अवस्थीत छ एजिङ लाइफ केयर होम । जसलाई सञ्चालन गरेका छन् बैतडीका राजेन्द्र सिहँं नेगीले ।
५ बर्ष अधि काठमाडौको सुकेधारमा खुलेको एजिङ्ख लाईफ केयर होममा अहिले त्यस्ता परिवारका तीन दर्जन जना ज्येष्ठ नागरिक छन् । केयर होममा अहिले अल्जाईमर, डिमेन्सिया, प्यारालाईसिस भएका र सामान्य अवस्था तर सहयोगीको आवश्यकता भएका ज्येष्ठ नागरिकहरू रहेको एजिङ्ख लाईफ केयर होमका निर्देशक राजेन्द्र सिह नेगी बताउँछन् ।
केयर होममा उच्च रक्तचाप, मधुमेहको औषधि खाइरहेका, सहयोगीको आवश्यकता भएका ज्येष्ठ नागरिकहरू राखीने नेगी बताउँछन् । वृद्धवृद्धा उमेरमा हरदम सहयोगी आवश्यक पर्छ । बोल्ने अथवा गफ गरिदिने मान्छे हुनपर्छ । युवा अवस्थामा जस्तो साथीहरूसँग घुम्न जाने अथवा फोनमा कुरा गर्ने पनि हुँदैन त्यसैले यस्तो केयर सेन्टरले ठुलो राहत दिने गर्दछ । ज्येष्ठ नागरिकको शरीर एकदमै नाजुक हुन्छ । एकदम ख्याल गर्नुपर्ने हुन्छ । अलिकति खुट्टा चिप्ल्यो भने भाँचिन सक्छ सञ्चालक एव निेर्देशक राजेन्द्र नेगी भन्छन् उमेर बढ्दै जादाँ विभिन्न प्रकारका रोगहरुले च्याप्दै जाने, एक्लै बस्न प्रर्ने लगायत विभिन्न औषधिको साईड असरले गर्दा र उमेर बढ्दै गएपछि असुरक्षित महसुस हुने, विभिन्न प्रकारका तनाव, र उदासिनताको कारणले गर्दा डिप्रेसन हुनजान्छ ।
समाजमा जब मानिसहरू आफ्नो वृद्धावस्थामा स्वास्थ्य समस्यासँग जुध्दै अकेलिन महसुस गर्छन्, तब उनीहरूलाई साँचो मायाको, साँचो सेवाको आवश्यकता पर्छ यिनै आवश्यकता र अभावलाई सम्बोधन गर्नका लागि समर्पित भएर काम गरिरहेको छ, एजिङ लाइफ केयर होम । एउटा निजी तर निःस्वार्थ सेवा संस्था । यो होमले जेष्ठ नागरिकहरू, अल्जाइमर सम्बन्धी डिमेन्सिया, पार्किन्सन रोग, ब्रेन स्ट्रोक, ब्रेन हेमरेज, न्युरोपेथी लगायतका गम्भीर स्वास्थ्य समस्याबाट पीडित बिरामीहरूलाई लक्षित गरी स्थापना गरिएको हो । केयर होममा पीडितहरूलाई केवल उपचार मात्र होइन, माया, सम्मान र आत्मसम्मान सहित सम्पूर्ण हेरचाह प्रदान गरिन्छ ।
एजिङ लाइफ केयर होममा बिरामीहरूको लागि दैनिक हेरचाह, विशेष डाइट प्लान, निःशुल्क फिजिकल थेरापी, साइकोलोजिकल काउन्सिलिङ लगायतका सेवा उपलब्ध छन् । बिरामीहरूको शारीरिक स्वास्थ्य सुदृढीकरणसँगै मानसिक स्वास्थ्य सुधारमा पनि यथेष्ट ध्यान दिने गरेको छ । केयर होम सेवा प्रणाली वैज्ञानिक, व्यवस्थित र दयापूर्ण छ। बिरामीहरूलाई घरजस्तै वातावरणमा राखेर हेरचाह गरिन्छ, जसले उनीहरूलाई नयाँ आशा र जीवनीय ऊर्जा दिन्छ । विशेष गरी, बिपन्न र अति पीडित परिवारहरूका बिरामीहरूका लागि निःशुल्क खानपिन र सम्पूर्ण उपचारको व्यवस्था गरिएको छ, जुन आधुनिक समयको एउटा दुर्लभ उदाहरण हो । एजिङ लाइफ केयर होमले आफ्नो सेवा सञ्चालनका लागि कुनै बाह्य सहयोग वा दान स्वीकार गरेको छैन ।
एजिङ लाइफ केयर होमका सञ्चालक तथा निदेशक राजेन्द्र नेगीले आफ्नो व्यक्तिगत स्रोत–साधन र श्रमको भरमा मात्र यो सेवा केन्द्र सञ्चालन गर्दै आउनुभएको छ । उनले भने “सेवा नै धर्म हो भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्दै, कुनै व्यापारिक स्वार्थ वा प्रतिष्ठाको अपेक्षा बिना, ’कोही नभएका’ बिरामीहरूलाई आफ्नै परिवारका सदस्यझैँ माया र स्नेहका साथ हेरचाह गरिरहनुभएको छ । आजको व्यस्त र व्यावसायिक सोचले भरिएको समाजमा राजेन्द्र नेगीको यस्तो निःस्वार्थ सेवा भावनाले धेरैले राहत महशुस गरेका छन् । एजिङ लाइफ केयर होम केवल उपचार केन्द्र मात्र नभई, मानवताको एक आदर्श मन्दिर बनिरहेको छ ।
केयर होममा सेवा लिएका जेष्ठ नागरिक र गम्भीर बिरामीहरू आफूलाई तिरस्कृत वा बिर्सिएको नभएर समाजको सम्मानित अंग भएको अनुभूति गर्छन् । सञ्चालक राजेन्द्र नेगीको अथक सेवाले हाम्रो समाजमा आशा, करुणा र सहानुभूतिका नयाँ बीजारोपण गरिरहेको छ । जसको कारण समाजमा मानवता र सेवा संस्कृतिले निरन्तर पाउनु पर्छ । केयर होममा सञ्चालक एव निर्देशक राजेन्द्र नेगीले जहाँ सेवामा स्वार्थ रहँदैन, त्यहाँ भगवान् स्वयं बिरामीको हात समाएर बस्नुहुन्छ उनले भने । अन्तमा निःस्वार्थ समर्पण, अथक परिश्रम र अपार धैर्यले आज थुप्रै जेष्ठ नागरिक तथा गम्भीर बिरामीहरूलाई नयाँ जीवन दिएको छ एजिङ लाइफ केयर होमले । होम केयरका सञ्चालक राजेन्द्र नेगीको उदाहरणीय कार्यले हामी सबैलाई सेवा भावनामा निष्ठावान बन्ने प्रेरणा दिएको छ । यस्तो कार्य अरुले पनि अनुसरण गर्न सके समाज उज्यालो यात्रामा अगाडि बढने छ ।
प्रतिक्रिया