क्यालिफोर्नियाको लस एन्जलसको पकोइमा क्षेत्रको एक घरमा सक्रिय आतिशबाजीका कारण लागेको आगलागीमा एक ३३ वर्षीया महिला गम्भीर घाइते भएकी छन्। उनलाई गम्भीर तर स्थिर अवस्थामा अस्पताल भर्ना गरिएको छ।
एबिसीन्यूज (समाचार)का अनुसार यो घटना राति करिब ९ बजे सुरु भएको थियो । जतीन ओटा एकतले घरहरूमा आगो सल्किरहेको देखिएपछि दमकलहरु त्यहाँ पुगेका थिए । एक छुट्टै यानशाला (गराज)राखिएका सक्रिय आतिशबाजीहरूले आगो थप फैलिएको थियो।
एक स्थानीय बासिन्दाले भने, “यो त विस्फोटजस्तै महसुस भयो। आगो देखिएपछि सहयोग गर्न जाँदै थिएँ, फेरि आतिशबाजीहरु फातं थाले। केही क्षणमै शहरभर आगो फैलियो।”
१०० भन्दा बढी दमकलकर्मीहरूले आगो नियन्त्रणमा ल्याउन करिब एक घण्टा लागेको लस एन्जलस अग्नि नियन्त्रण बिभागले जनाएको छ। एक ६८ वर्षीया महिला धुवाँको असरले प्रभावित भए पनि अस्पताल जान मानिनन् भने केही जनावरहरू पनि घाइते भएका छन्।
आगलागीले अर्को घर र सवारीसाधनमा पनि क्षति पुर्यायो। आगलागीको अनुसन्धान हाल पनि जारी रहेको छ।
प्रतिक्रिया