ट्रम्पसँग मिशिगन डेमोक्र्याटकी गभर्नर ग्रेचेन व्हिटमरको अप्रत्यासित सहकार्य: राजनीतिभन्दा माथि देशप्रेम

इनेप्लिज २०८२ वैशाख १७ गते १०:०८ मा प्रकाशित

अमेरिकाको मिशिगन राज्यकी डेमोक्र्याट गभर्नर ग्रेचेन व्हिटमर फेरि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सार्वजनिक रूपमा देखिएकी छिन्। ट्रम्पको १०० दिनको कार्यकालको अवसरमा आयोजित कार्यक्रममा उनी मिशिगन स्थित राष्ट्रिय सुरक्षा आधार शिविरमा उपस्थित भइन्, जहाँ उनले खुला रूपमा सम्बोधन पनि गरिन्।

मैले बोल्ने योजना बनाएकी थिइनँ, तर म एकदमै खुसी छु कि हामी यहाँ छौं, व्हिटमरले सैनिकहरूप्रति सम्मान प्रकट गर्दै भनिन्। व्हिटमरले ट्रम्पसँग सहकार्य देखाएर डेमोक्र्याटिक दलको लागि नयाँ सन्देश दिएकी छिन्।

राष्ट्रपति ट्रम्पले गभर्नर व्हिटमरको प्रशंसा गर्दै भने उनी डेमोक्र्याट हुन् भन्ने थाहा थियो । तर मैले भनेँ – उनी आउँछिन्। उनले राम्रो काम गरेकी छन्।

केही हप्ताअघि व्हिटमरले ट्रम्पसँग ओवल कार्यालयमा भेट्दा आफ्नो अनुहार कागजले छोपेकी थिइन्, जुन सामाजिक सञ्जालमा व्यापक बनेको थियो।

त्यसै प्रसंगलाई मजाकमा उडाउन उनले फेरि एक कार्यक्रममा अनुहार छोपिन् र भनिन्, “म केवल तस्बिर खिच्न चाहन्नथें, त्यो मात्र हो।”

उनको ट्रम्पसँगको संवाद, मिलनशीलता र “अमेरिकामा उत्पादन बढाउनुपर्ने” ट्रम्पको विचारमा आंशिक समर्थनले व्हिटमरको सन् २०२८ को राष्ट्रपतीय आकांक्षा पनि चर्चामा आएको छ।

प्रतिक्रिया