पोप फ्रान्सिसको अन्तिम श्रद्धाञ्जलीमा अमेरिकी पत्रकार किएल्से गसीको सम्मानजनक भूमिका

इनेप्लिज २०८२ वैशाख १३ गते २०:२७ मा प्रकाशित

विश्वभरबाट हजारौं श्रद्धालुहरूले शनिबार भेटिकन शहर तथा इटालीमा अन्त्येष्टि गरिएको दिवंगत पोप फ्रान्सिस(धर्म गुरु )प्रति श्रद्धाञ्जली अर्पण गरे।

यस ऐतिहासिक समारोहमा अमेरिकाको फ्लोरिडाकी अमेरिकी पत्रकार केएल्से गसीले प्रथम वाचन गरेर महत्वपूर्ण भूमीका निभाइन्। भ्याटिकन शहर स्थित सेन्ट पिटर स्क्वायरमा आयोजित अन्त्येष्टिमा सहभागी हुँदा उनले सिबिएसन्यूजसँग भनिन्, “पहिलो विचार आयो, ‘हे भगवान !’, तर त्यसपछि महसुस गरे — यो त कति ठूलो सम्मान हो, यति महत्वपूर्ण क्षणमा साक्षी बन्न पाउनु। पोप फ्रान्सिसप्रति धन्यवाद व्यक्त गर्ने यो मेरो ठूलो अवसर हो।”

२८ वर्षीया गसी भ्याटिकन न्यूज(समाचार)की पत्रकार हुन्। उनले मेरिल्याण्ड स्थित माउन्ट सेन्ट मेरी बिश्वबिद्यालयबाट स्नातक र रोमस्थित पोंटीफिकल बिश्वबिद्यालयबाट चर्च कम्युनिकेसन अर्थात् गिर्जाघर संचारमा विशेष डिग्री (उपाधि ) हासिल गरेकी छन्।

गसी क्याथोलिक परिवारमा जन्मिएकी र हुर्किएकी हुन्। सन् २०१९ देखि उनी रोममा बसोबास गर्दै आएकी छन्। भ्याटिकन न्यूज(समाचार)मा काम गर्नुअघि उनी इडब्लुटिएन र रोम रिपोर्ट्समा समाचार उत्पादक थिइन्। साथै, उनी भ्याटिकनको पत्रिकाकी नियमित लेखिका पनि हुन्।

गसीले पोप फ्रान्सिससँग दुइचोटि प्रत्यक्ष भेट गरेकी थिइन् । पहिलोपटक पोपले उनको रोजरीमा आशीर्वाद दिएका थिए । दोस्रोपटक उनको जन्मदिनमा भेट भएको थियो।

“त्यस पलहरूमा मैले उनलाई क्याथोलिक गिर्जाघरका प्रमुख होइन, हजुरबुवाजस्तै देखेँ,” उनले भनिन्। “म उनलाई हरेक व्यक्तिप्रति गहिरो माया र चिन्ता गर्ने व्यक्तिको रूपमा सम्झिरहनेछु।”

पोप फ्रान्सिसको अन्तिम विश्रामस्थल सेन्ट मेरी मेजर बासिलिका हुनेछ, जहाँ साधारण भूमिगत समाधिमा फ्रान्सिसकस् मात्र लेखिएको छ।

प्रतिक्रिया