“हामीले जवाफ दिनुपर्छ”: इरानी विदेशमन्त्रीद्वारा कूटनीतिको सम्भावना क्षीण रहेको संकेत

इनेप्लिज २०८२ असार ८ गते १०:४५ मा प्रकाशित

इरानका विदेशमन्त्री अब्बास अराक्चीले संयुक्त राज्य अमेरिकाले इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेपछि कूटनीतिका लागि “कति ठाउँ बाँकी छ” भन्ने आफूलाई थाहा नभएको बताएका छन्।

“उनीहरूले आणविक सुविधाहरूमा आक्रमण गरेर धेरै ठूलो अत्यन्तै संवेदनशील सीमा पार गरेका छन्… हामीले आत्मरक्षाको हाम्रो वैध अधिकारको आधारमा जवाफ दिनुपर्छ,” अराक्चीले भने।

जब उनलाई इरानले हर्मुज जलसन्धि बन्द गर्ने विचार गरिरहेको छ भन्ने जिज्ञासामा यदि बन्द गरियो भने विश्वव्यापी तेल र ग्यास निर्यातलाई असर गर्न सक्छ। उनले अगाडी भने इरानसँग “विभिन्न विकल्पहरू उपलब्ध रहेको” बताए।

इरानका शीर्ष कूटनीतिज्ञले आफू यस क्षेत्रका धेरै विदेशमन्त्रीहरूसँग सम्पर्कमा रहेको र “लगभग ती सबै धेरै चिन्तित रहेको” र “इजरायली आक्रामकता” रोक्न भूमिका खेल्न इच्छुक रहेको बताए।

प्रतिक्रिया