“ट्रम्पको सन्देश: चीनसँग ‘ कडा रणनीति ‘ होइन, सम्झौतामै जोड – कर पनि १४५% जति उच्च हुँदैन”

इनेप्लिज २०८२ वैशाख ९ गते २३:४६ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ओभल कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै चीनसँग कडा रणनीति (‘हार्डबल’) नअपनाउने स्पष्ट पारेका छन्। उनले भने, “हामी चीनसँग ‘कडा रणनीति अर्थात् हार्डबल’ खेल्ने छैनौं, कर पनि १४५% जति उच्च रहने छैन।”

चीनसँग व्यापार सम्झौता गर्न अमेरिकाले कडा रणनीति अपनाउने हो वा कोभिड-१९ को कुरा उठाउने हो भनेर सोधिएको प्रश्नमा ट्रम्पले छोटो जवाफमा हैन भने । “म कोभिडको कुरा उठाउने छैन। म राष्ट्रपति सीसँग ‘म तपाईहरूसँग कडा रणनीति खेल्छु’ भनेर भन्न चाहन्न,” ट्रम्पले स्पष्ट रुपमा भने।

“हामी नरम र सहयोगी ढंगले अगाडि बढ्नेछौं। उनीहरू पनि नरम हुनेछन्, अनि के हुन्छ हेर्नु पर्नेछ,” उनले थपे। “तर अन्ततः चीनले सम्झौता गर्नैपर्छ, नत्र उनीहरूले अमेरिकामा व्यापार गर्न सक्दैनन्। हामी चाहन्छौं उनीहरू संलग्न रहून्।”

चीनमाथि लगाइएको १४५% अतिरिक्त करबारे टिप्पणी गर्दै ट्रम्पले भने, “१४५% धेरै नै उच्च हो, र ,त्यो दर यति उच्च रहने छैन।” “त्यो धेरै घट्नेछ, तर शून्य हुने छैन। पहिले त त्यो कर शून्य नै थियो।”

अन्त्यमा ट्रम्पले चीनसँग सम्झौता हुनेमा विश्वास व्यक्त गर्दै भने, “हामी खुसीका साथ सँगै बस्नेछौं र आदर्श सहयोग गर्नेछौं। यो निकै राम्रोसँग अगाडि बढ्नेछ भन्ने मलाई विश्वास छ।”

प्रतिक्रिया