वासिङ्गटन डिसी – अमेरिकी तल्लो सदनमा बिहीबार, मे ८ का दिन अमेरिकी प्रतिनिधि सभा (हाउस) ले गल्फ अफ मेक्सिकोको नाम ‘गल्फ अफ अमेरिका’ राख्ने प्रस्तावलाई अनुमोदन गरेको छ। यो प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो दिन नै कार्यालय आएको दिन हस्ताक्षर गरेको कार्यकारी आदेशलाई कानुनी रूपमा मान्यता दिनेछ।
२११ -२०६ को मतले यो विधेयक पारित भएको छ । सबै रिपब्लिकन सांसदहरुले समर्थन जनाएका छन् भने केवल एकजना रिपब्लिकन सांसदले विरोध गरेका छन्। यो विधेयक जर्जियाबाट रिपब्लिकन प्रतिनिधि मार्जोरी टेलर ग्रीनले जनवरी महिनामा प्रस्ताव गरेकी थिइन् । यस विधेयकमा संघीय निकाय लाई छ महिनाभित्र सबै कागजात र नक्सा अध्यावधिक गर्न निर्देशन दिइएको छ। अब यो प्रस्ताव सेनेटमा जानेछ।
यद्यपि, यदि नाम परिवर्तनलाई अमेरिकी कानुनी रूपमा स्वीकार गरियो भने पनि अन्य देशहरूलाई नयाँ नाम प्रयोग गर्ने बाध्यता हुँदैन। यसलाई कानुनी मान्यता नगरेमा भविष्यमा राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश उल्ट्याउन सक्नेछन्।
ग्रीनले विधेयकको समर्थन गर्दै यसलाई “कङ्ग्रेसको सबैभन्दा महत्त्वपूर्ण कार्य” भनेकी छिन्, । डेमोक्र्याट्सलाई मेक्सिकन माफियाहरूसँग मिलेर काम गर्ने आरोप लगाइन्। उनले भनिन्, “यो अमेरिकन जनताका लागि गर्वको कुरा हो।”
डेमोक्र्याट्सले यो प्रयासलाई करदाताको पैसाको अपव्यय भन्दै, कङ्ग्रेसलाई अधिक महत्त्वपूर्ण मुद्दाहरूमा ध्यान दिन आग्रह गरेका छन्।
यो विधेयकले संघीय कागजात र नक्सा अध्यावधिक गर्न पाँच वर्षमा ५००,००० डलर भन्दा कम खर्च हुनेछ भन्ने अनुमान छ। यद्यपि, कक्षाहरू, पुस्तकालय र नगरपालिकाले नयाँ पाठ्यपुस्तक, संकेत र अन्य सामग्री अध्यावधिक गर्नुपर्नेछ।
सेनेटले यस प्रस्तावमा छलफल गर्ने वा नगर्ने बारेमा स्पष्टता नभएको सिबिएसन्यूजले जनाएको छ ।
प्रतिक्रिया