राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि ८० प्रतिशत आयात शुल्क लगाउनु “उचित” हुने बताएका छन्।
शुक्रबार उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने चीनमाथि ८०% शुल्क ठीक हुने जनाएका छन्।
उनको यस्तो भनाई अमेरिका र चीनबीच स्विट्जरल्याण्डमा हुने उच्चस्तरीय व्यापार वार्ताको पूर्वसन्ध्यामा आएको हो। वार्तामा अमेरिकी अर्थ सचिव स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रियर सहभागी हुनेछन्। उनीहरू चिनियाँ वार्ताकारहरूसँग छलफल गर्न जाँदैछन्।
हाल अमेरिकाले चिनियाँ वस्तुहरूमा १४५% सम्मको शुल्क लगाएको छ, जसको प्रतिशोधस्वरूप चीनले पनि अमेरिकी वस्तुहरूमा १२५% शुल्क लगाएको छ।
ट्रम्पको पछिल्लो भनाइले सम्भावित सहमति र व्यापार युद्ध दुबैको संकेत दिएको छ। यद्यपि उनले चीनप्रति कडा रवैया दोहोर्याए पनि बिहीबार उनले बेलायतसँग व्यापार सम्झौता सम्पन्न भएको घोषणा गरेका थिए जसले अमेरिका अन्य साझेदारहरूसँग पनि प्रगतिको बाटोमा रहेको संकेत दिन्छ।
चीनसँगको व्यापार सम्बन्ध फेरि केन्द्रबिन्दुमा आइरहेका बेला ट्रम्पको अभिव्यक्तिले आगामी वार्ता कति जटिल वा सफल हुने हो भन्नेमा चासो थपिएको छ।
प्रतिक्रिया