फ्लोरिडाको संसद भवनमा महिलाको शौचालय प्रयोग गरेपछि परालैङ्गिक (ट्रान्स) महिला पक्राउ ,पहिलो गिरफ्तारी

इनेप्लिज २०८१ चैत २२ गते ११:२७ मा प्रकाशित

फ्लोरिडाको राजधानी टलाहासीस्थित संसद भवनमा महिलाको शौचालय प्रयोग गरेपछि एक परालैङ्गिक(ट्रान्सजेन्डर) महिलालाई प्रहरीले पक्राउ गरेको छ। यो घटनालाई राज्यमा लागू भएको परालैङ्गिक महिला बिरुद्ध शौचालय प्रतिबन्ध ( “एंटी-ट्रान्स बाथरूम ब्यान”) अन्तर्गत गरिएको पहिलो गिरफ्तारी मानिएको छ।

२० वर्षीया मार्सी राइन्टजन, इलिनोइकी बासिन्दा तथा महाबिद्यालय(कलेज )विद्यार्थी हुन् । उनले गत मार्च १९ मा महिलाको शौचालय प्रयोग गरेपछि मिचाहा ‘ट्रेसपासिङ’ को आरोपमा पक्राउ परिन्। उनी फ्लोरिडाको विवादास्पद कानुनको विरोधमा संसद भवनमा प्रवेश गरेर यो कदम उठाएकी थिइन्।

राइन्टजनले संसद भवनमा प्रवेश गर्नु अघि राज्यका सबै सांसदहरूलाई पत्र लेखेर आफू आफ्नो लैंगिक पहिचान अनुसारको शौचालय प्रयोग गर्ने जानकारी दिएकी थिइन्। उनले आफूलाई चिनाउने तस्बिर पनि संलग्न गरेकी थिइन्।

उनले पत्रमा लेखेकी थिइन्, “म जान्दछु तपाईहरुको मनमा यो कानुन गलत र अन्यायपूर्ण लागेको छ। परालैङ्गिक (ट्रान्स)हरू पनि मानव नै हुन् भन्ने कुरा तपाईंलाई थाहा छ।”

एसिएलयुका वरिष्ठ कानुनी सल्लाहकार जोन डेभिडसनका अनुसार, यस्तो किसिमको गिरफ्तारी यो पहिलो घटना हो। राइन्टजन एक दिनमै रिहा भइन् तर दोषी ठहरिए कारागार सजाय ६० दिनसम्म हुन सक्छ।

उनले भनेकी छन्, “म केवल हात धुन शौचालय गएँ। त्यसैले म अपराधी ठहरिन्छु भने यो कानुनको पागलपन प्रस्ट हुन्छ।”

समानता फ्लोरिडा नामक संस्थाका निर्देशक नाडिन स्मिथले भनिन् , “यो गिरफ्तारी सुरक्षा होइन, अपमान र मानव अधिकारको हनन हो।”

प्रतिक्रिया