चीनले राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी व्यापार नीतिमा आमूल परिवर्तनको रूपमा घोषणा गरेका नयाँ शुल्कहरूको कडा प्रतिकार गर्ने बताएको छ।
बुधबार ट्रम्पले सबै चिनियाँ आयातमा ५४% भन्सार शुल्क लगाउने घोषणा गरे पछि अब अमेरिका-चीन व्यापार युद्ध थप चर्काउने संकेत गरेको छ।
चीनको वाणिज्य मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै भन्यो “चीन यसलाई दृढतापूर्वक अस्वीकार गर्छ र आफ्नो अधिकार तथा स्वार्थको रक्षा गर्न कडा प्रतिरोध गर्नेछ।”
मन्त्रालयले ट्रम्पको निर्णयलाई “एकपक्षीय धम्कीपूर्ण कार्य” भनेको छ ,अमेरिकालाई भन्सार महसुल शुल्क फिर्ता लिन तथा “बराबरीका आधारमा वार्ता गरी समस्याको समाधान गर्न”आग्रह गरेको छ।
अमेरिकाले हाल २०% भन्सार शुल्कमा थप ३४% “पारस्परिक” भन्सार शुल्क लागू गरेको छ। जनवरीदेखि ट्रम्पले चीनबाट हुने सबै आयातमा १०% अतिरिक्त शुल्क दुईपटक लगाइसकेका थिए। ह्वाइट हाउसले यो कदम चीनबाट अमेरिका प्रवेश गर्ने अवैध फेन्टानाइल रोक्न आवश्यक रहेको बताएको छ।
बेजिङले यसअघि कृषिजन्य उत्पादन, इन्धन, तथा केही अमेरिकी प्रतिष्ठानहरू विरुद्ध प्रतिकारात्मक भन्सार महसुल शुल्कहरू लगाएको थियो।
राष्ट्रपति ट्रम्पले भने, म राष्ट्रपति सी जिनपिङ र चीनको सम्मान गर्छु, तर उनीहरूले हाम्रै देशलाई ठूलो नोक्सान पुर्याएका छन्।
ट्रम्पले थप १०% शुल्कका साथै एसियाली राष्ट्रहरूलाई विशेष रूपमा प्रभावित गर्ने कदम घोषणा गरेका छन्, जसले विश्वव्यापी बजारहरूमा हलचल मच्चाएको छ।
प्रतिक्रिया