विश्वभरका नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब सबै देशमाथि लगाउने घोषणा गरेका भन्सार शुल्क प्रति तीव्र प्रतिक्रिया जनाइरहेका छन्।
पछिल्लो प्रतिक्रिया दिएका देशहरूमा जर्मनी ,बेलायत ,फ्रान्स ,बेल्जियम,इटाली लगायत रहेका छन् ।
जर्मनीका बहिर्गामी चान्सलर ओलाफ स्कोल्जले यी शुल्कहरू “मौलिक रूपमा गलत” रहेको भन्दै तिनले विश्वभर र अमेरिकामा समेत क्षति पुर्याउने बताएका छन्। “हामी सहकार्य चाहन्छौँ, झगडाहोइन, र आफ्ना हितको रक्षा गर्नेछौँ।”
त्यसै गरि बेलायती प्रधानमन्त्री केइर स्टारमारले शुल्कहरुको प्रतिक्रिया “शान्त र संयमित” भएर दिने बताएका छन्। तर उनले “यसको स्पष्ट रूपमा आर्थिक प्रभाव पर्नेछ जनाए । व्यवसायीहरूसँग उनले भने, “ट्रम्पले आफ्नो देशको लागि निर्णय गरेका छन्, त्यो नै उनको अधिकार हो। आज म बेलायतको हितमा निर्णय लिनेछु।”
त्यस्तै फ्रान्सेली सरकारले ट्रम्पको कदमलाई “साम्राज्यवादी सोच” भन्दै कडा आलोचना गरेको छ। प्रवक्ताले राष्ट्रपति ट्रम्पलाई “विश्वको मालिक बन्न खोज्ने” व्यक्ति भनेका छन्।
यता उपप्रधानमन्त्री म्याक्सिम प्रेवोटले भने, “सलाईसँग खेल्दा अन्ततः आफैं पो जलिन्छ।” उनले अमेरिकाले एकलौटी रूपमा व्यापार प्रणालीमाथि आक्रमण गर्नु “दुर्भाग्यपूर्ण” भएको बताए।
इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले तीव्र असर पार्ने यी शुल्कहरूको प्रभाव मूल्याङ्कन गर्न बिहीबारका लागि आफ्नो तालिका बनाएकी छिन्।
प्रतिक्रिया