“मुक्ति दिवस” मा ट्रम्पले नयाँ शुल्कहरुको घोषणा गर्ने

इनेप्लिज २०८१ चैत १९ गते १४:१५ मा प्रकाशित

ट्रम्पले आज कुन नयाँ शु्ल्कहरु घोषणा गर्दैछन त ?

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार “मुक्ति दिवस” को अवसरमा नयाँ शुल्क(ट्यारिफ)हरुको विवरण र कार्यान्वयन घोषणा गर्ने तयारी गरि रहेको सिविएसन्यूजले जनाएको छ ।जसलाई अर्थशास्त्रीहरूले मूल्य वृद्धिको चेतावनी दिएका छन्।

ट्रम्पले कुन विदेशी सामानमा कति प्रतिशत शुल्क लगाउनेछन् भन्ने अझै स्पष्ट छैन। यो शुल्क विश्वव्यापी हुनेछ वा विशेष देशहरूलाई लक्षित गर्नेछ भन्ने पनि खुलासा गरिएको छैन। 

मंगलबार दिउँसो ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटका अनुसाल राष्ट्रपति अझै आफ्नो व्यापार टोलीसँग योजना अन्तिम चरणमा ल्याउँदै गरेको बताइन।

तप उनले सोमबार ट्रम्पको योजना प्रायः सबै अमेरिकी व्यापार साझेदारहरूलाई पारस्परिक शुल्क लगाउने बताएकी थिइन र मंगलबार उनले यी शुल्क तुरुन्तै लागू हुने बताइन्।

राष्ट्रपतिको घोषणाका क्रममा इस्पात (स्टील ) र सवारी साधन उद्योगका मजदुरहरू साथै उपराष्ट्रपति जे.डी. भान्स र ट्रम्पको मन्त्रीपरिषदका अधिकांश सदस्य उपस्थित रहनेछन्।

ट्रम्पले घोषणा गरेका २५% शुल्क विदेशी सवारी साधन(कार) र गाडीहरुका पार्ट्समा लागू हुनेछ, जुन बुधबार राति ११:५९ बजेपछि अर्थात् बिहीबार मध्यरातदेखि लागू हुनेछ।

राष्ट्रपति ट्रम्पले  ह्वाइट हाउसको रोज गार्डेनबाट दिउँसो ४ बजे घोषणा गर्ने छन्।

प्रतिक्रिया