अमेरिकाको २३ राज्य र वासिङ्टन, डीसीका डेमोक्र्याटिक महान्यायाधिवक्ताहरू र गभर्नरहरूले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन्।
उनीहरूले अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग र सचिव रोबर्ट एफ. केनेडी जुनियरविरुद्ध सार्वजनिक स्वास्थ्य कोषमा भएको १२ अर्ब ( विलियन)डलरको अचानक कटौती गैरकानुनी र हानिकारक भएको आरोप लगाएका छन्।
मंगलबार दायर गरिएको मुद्दामा ती राज्यहरूले अदालतसँग अस्थायी रोक आदेश र प्रशासनको कोष कटौती रोक्न अन्तरिम राहत माग गरेका छन्।
उनीहरूको दाबी अनुसार, यो कटौतीले महत्वपूर्ण सार्वजनिक स्वास्थ्य सेवाहरू बन्द हुन सक्छन् । र,हजारौं स्वास्थ्यकर्मीहरूले रोजगारी गुमाउन सक्छन्।
गत हप्ता, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसि)ले कोभिड-१९ महामारीको समयमा राज्य र समुदायका स्वास्थ्य विभागलाई दिइएको करिब ११.४ विलियन डलर कोष फिर्ता लिने निर्णय गरेको थियो।
एचएचएसका अनुसार सिडिसीले आगामी ३० दिनभित्र यो रकम फिर्ता लिन सुरू गर्नेछ।
साथै, लागू औषध दुरुपयोग तथा मानसिक स्वास्थ्य सेवा प्रशासनबाट थप १ बिलियन डलरको कोष पनि कटौती गरिएको छ।
महान्यायाधिवक्ताहरूका अनुसार ट्रम्प प्रशासनको यो निर्णयले सार्वजनिक स्वास्थ्य पूर्वाधारमा गम्भीर असर पार्नेछ।
प्रतिक्रिया